गर्भवती भएको समाचारबीच क्लिनिक बाहिर उदास देखिइन् अनुष्का शर्मा
एजेन्सी। बलिउड अभिनेत्री अनुष्का शर्मा यतिबेला आफ्नो सम्पूर्ण समय पति विराट कोहलीसँग आइपीएल खेलमा बिताइरहेकी छन्। उनले शाहरुख खानसँग फिल्म जीरोमा काम गरेपछि अहिलेसम्म कुनै पनि फिल्ममा साइन गरेकी छैनन्।
यसैबीचे केही दिन पहिला अनुष्का गर्भवती भएको समाचार सार्वजनिक भएको थियो। पछि उक्त समाचारलाई अफवाह भनिएको थियो। केही दिन अगाडि अनुष्कालाई एउटा क्लिनिक बाहिर देखिएको थियो, जहाँ उनी निकै उदास देखिएकी थिइन्।

अनुष्काले सो क्रममा ग्रे कलरको ज्याकेटसँगै सेतो टिशर्ट र कालो पाइन्ट लगाएकी थिइन्। उदास भएका कारण उनले क्यामरा अगाडि पोज दिने इच्छा पनि देखाइनन्। यद्यपी उनी निक उदास थिइन् भन्ने कुनै कारण सार्वजनिक भएको छैन।

अन्तिम पटक उनी फिल्म जीरोमा अभिनय गरेकी थिइन्। अनुष्का अभियनबाहेक निर्देशनमा पनि रुची राख्छिन्। अनुष्काले एनएच १०, परी जस्ता चर्चित फिल्म बनाइसकेकी छन्। उनको प्रोडक्शन हाउसले ठूला विषयवस्तु तयार पारिरहेको छ।
April 15, 2019 12:14 pm | मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।