

गर्भवती भएको समाचारबीच क्लिनिक बाहिर उदास देखिइन् अनुष्का शर्मा

एजेन्सी। बलिउड अभिनेत्री अनुष्का शर्मा यतिबेला आफ्नो सम्पूर्ण समय पति विराट कोहलीसँग आइपीएल खेलमा बिताइरहेकी छन्। उनले शाहरुख खानसँग फिल्म जीरोमा काम गरेपछि अहिलेसम्म कुनै पनि फिल्ममा साइन गरेकी छैनन्।
यसैबीचे केही दिन पहिला अनुष्का गर्भवती भएको समाचार सार्वजनिक भएको थियो। पछि उक्त समाचारलाई अफवाह भनिएको थियो। केही दिन अगाडि अनुष्कालाई एउटा क्लिनिक बाहिर देखिएको थियो, जहाँ उनी निकै उदास देखिएकी थिइन्।

अनुष्काले सो क्रममा ग्रे कलरको ज्याकेटसँगै सेतो टिशर्ट र कालो पाइन्ट लगाएकी थिइन्। उदास भएका कारण उनले क्यामरा अगाडि पोज दिने इच्छा पनि देखाइनन्। यद्यपी उनी निक उदास थिइन् भन्ने कुनै कारण सार्वजनिक भएको छैन।

अन्तिम पटक उनी फिल्म जीरोमा अभिनय गरेकी थिइन्। अनुष्का अभियनबाहेक निर्देशनमा पनि रुची राख्छिन्। अनुष्काले एनएच १०, परी जस्ता चर्चित फिल्म बनाइसकेकी छन्। उनको प्रोडक्शन हाउसले ठूला विषयवस्तु तयार पारिरहेको छ।
April 15, 2019 12:14 pm | मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

दाङको देउखुरीमा टिप्परको ठक्कर बाट मोटर साइकालमा स्वारी दुई जाना मध्य एक जनाको मिर्त्यु

एकदिवसीय शृङ्खलाको पहिलो खेलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई हरायो

नेपाल कुवेत संस्कृतिक मन्चले आयोजना गरेको हरितालिका तिज बिशेष सांगितिक धमका २०२५

इजरायली राष्ट्रपतिसँग विपिनकी आमा र बहिनीको भेट

किरात राई यायोक्खा कुवेतको चौथो अधिवेशन १२ सेप्टेम्बरमा केन्द्रिय अध्यक्ष जीवन हाताचो राई कुबेत आउँदै

संखुवासभा समाज कुवेतको प्रथम वार्षिक उत्सव सम्पन्न

टप एन्ड टी–२० शृङ्खलामा नेपालले आज नर्दन टेरिटोरीसँग खेल्ने

नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका ९४ वटा घटना, एक जना पत्रकारको हत्या

