Friday 19th December 2025

बीस दिनमै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग कालोपत्रे भईसक्ने !

7 years अगाडी

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य अन्तिम चरणमा पूगेको छ । विमानस्थल निर्माणको आयोजनाका अनुसार अब २० दिन भित्र धावनमार्ग कालोपत्रे सकिने भएको छ । यसअघि वर्षा तथा हावाहुरीका कारण कालोपत्रे गर्न समस्या भएको आयोजनाले जनाएको छ । धावनमार्ग तीन किलोमिटर लम्बाइको छ । अन्तिम सतहको कालोपत्रे साढे सात सेन्टिमिटरको हुनेछ ।

धावनमार्गको अन्तिम चरणको कामसँगै ‘ट्याक्सी वे’ पनि कालोपत्रे गरिने विमानस्थलका आयोजना प्रमुख प्रवेश अधिकारीले जानकारी दिए । “कुनै बाधा अवरोध नआए २० दिनमा धावनमार्ग निर्माण सम्पन्न हुन्छ”, उनले भने । योसँगै धावनमार्ग ‘ट्याक्सी वे’ सँग जोडिने खबर काम आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

          April 16, 2019 1:54 pm | समाज


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...