सलमान खानका फिल्ममा किन हुँदैनन् चुम्बनका दृश्यहरु ?
मुम्बइ । बलिउडका चर्चित अभिनेता सलमान खान लवअफेयरका कारण चर्चामा रहन्छन् । फिल्ममा कुनै समय रोमान्टिक हिरोका रुपमा परिचित सलमान खान पछिल्लो समय एक्सन हिरोका रुपमा परिचित रहेका छन् । बलिउडमा बेड सिन, किस सिनलाई निकै प्राथमिकताका साथ हेरिने गरिन्छ । तर, यी कुराहरु सलमान खानका फिल्ममा भने पाइँदैन । किन उनी फिल्ममा किस सिन दिदैनन् ?
उनी बलिउडको यस्ता नायक हुन् जसले फिल्ममा भरपुर रोमान्स गरेका हुन्छन् तर किस भने गरेका छैनन् । सलमान खानले आफ्ना फिल्ममा किस सिन नदिनुको एकमात्र कारण आफुले खेलेको फिल्म हरेक परिवारले निर्धक्क रुपमा हेरुन् भन्ने नै हो, मिडिया रिपोर्टमा उल्लेख छ । उनले भनेका थिए, ‘परिवारसँग बसेर फिल्म हेर्दा असहज हुने वातारण मेरो फिल्ममा हुँदैन ।’
सलमानले जबदेखि आफ्नो फिल्मी करिअर थालेका थिए त्यो बेलादेखि नै उनले यो रुललाई पछ्याउदै आएका छन् । सलमानले आफ्नो पहिलो र एकमात्र लिपलक किस सुरज बड्जात्याको फिल्म ‘मैंने प्यार किया’ मा भाग्यश्रीको साथमा गरेका थिए । तर त्यो किस पनि सिसाको गिलास बिचमा राखेर गरिएको थियो जसलाई पछि भिएफएक्सबाट मिलाइएको हो ।
April 16, 2019 2:05 pm | मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।