

सलमान खानका फिल्ममा किन हुँदैनन् चुम्बनका दृश्यहरु ?

मुम्बइ । बलिउडका चर्चित अभिनेता सलमान खान लवअफेयरका कारण चर्चामा रहन्छन् । फिल्ममा कुनै समय रोमान्टिक हिरोका रुपमा परिचित सलमान खान पछिल्लो समय एक्सन हिरोका रुपमा परिचित रहेका छन् । बलिउडमा बेड सिन, किस सिनलाई निकै प्राथमिकताका साथ हेरिने गरिन्छ । तर, यी कुराहरु सलमान खानका फिल्ममा भने पाइँदैन । किन उनी फिल्ममा किस सिन दिदैनन् ?
उनी बलिउडको यस्ता नायक हुन् जसले फिल्ममा भरपुर रोमान्स गरेका हुन्छन् तर किस भने गरेका छैनन् । सलमान खानले आफ्ना फिल्ममा किस सिन नदिनुको एकमात्र कारण आफुले खेलेको फिल्म हरेक परिवारले निर्धक्क रुपमा हेरुन् भन्ने नै हो, मिडिया रिपोर्टमा उल्लेख छ । उनले भनेका थिए, ‘परिवारसँग बसेर फिल्म हेर्दा असहज हुने वातारण मेरो फिल्ममा हुँदैन ।’
सलमानले जबदेखि आफ्नो फिल्मी करिअर थालेका थिए त्यो बेलादेखि नै उनले यो रुललाई पछ्याउदै आएका छन् । सलमानले आफ्नो पहिलो र एकमात्र लिपलक किस सुरज बड्जात्याको फिल्म ‘मैंने प्यार किया’ मा भाग्यश्रीको साथमा गरेका थिए । तर त्यो किस पनि सिसाको गिलास बिचमा राखेर गरिएको थियो जसलाई पछि भिएफएक्सबाट मिलाइएको हो ।
April 16, 2019 2:05 pm | मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

दाङको देउखुरीमा टिप्परको ठक्कर बाट मोटर साइकालमा स्वारी दुई जाना मध्य एक जनाको मिर्त्यु

एकदिवसीय शृङ्खलाको पहिलो खेलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई हरायो

नेपाल कुवेत संस्कृतिक मन्चले आयोजना गरेको हरितालिका तिज बिशेष सांगितिक धमका २०२५

इजरायली राष्ट्रपतिसँग विपिनकी आमा र बहिनीको भेट

किरात राई यायोक्खा कुवेतको चौथो अधिवेशन १२ सेप्टेम्बरमा केन्द्रिय अध्यक्ष जीवन हाताचो राई कुबेत आउँदै

संखुवासभा समाज कुवेतको प्रथम वार्षिक उत्सव सम्पन्न

टप एन्ड टी–२० शृङ्खलामा नेपालले आज नर्दन टेरिटोरीसँग खेल्ने

नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका ९४ वटा घटना, एक जना पत्रकारको हत्या

