

भुवन केसी र हट हिरोइन जिया केसीसंगको यस्तो संवन्ध सार्वजनिक

काठमाडौं – नेपाली चलचित्रका सदावहार सुपरस्टार हिरो भुवन केसीको चर्चा आफैमा चमत्कार हो। भुवन केसी हरपल चर्चामा रहने हिरो हुन् । उमेरले जतिसुकै उकाली काटेपनि आफूलाई ताजा बनाइराख्ने खुबिलिटी राख्ने सुपरस्टार हिरो भुवन केसीले नयाँ खुलासा गरेका छन्। त्यो हो–विवादास्पद हट हिरोइन जिया केसीसंगको संवन्ध।
भुवनले कान्छी श्रीमती सुस्मिता केसीसंगको डिभोर्स पश्चात हट हिरोइन जिया केसीसंग संवन्ध विस्तार गरेका थिए। तर, भुवनले जियालाई सार्वजनिक गरेका थिएन। लामो समयदेखि रिलेसनमा रहेका भुवन र जियाको संवन्ध बेलायत पुगेपछि दुवैले छताछुल्ल पारेका छन्।

बेलायतमा भुवन केसी निर्मित चलचित्र क्याप्टेन रिलिजका क्रममा पछिल्लो पुस्ताका युवा सुपरस्टार छोरा अनमोल केसीका साथमा पुग्दा जिया केसी पनि पुगेकी थिइन्। हुन त भुवनका हरेक कार्यक्रमको व्यवस्थापनको कार्य जियावाटै हुंदैआएको पाइन्छ।

बेलायतमा चलचित्र क्याप्टेनको रिलिज पश्चात जिया केसीसंगको निश्फिक्री फोटो भुवन केसी आफैले सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका छन्। त्यसरी जियासंग बसेको फोटो भुवनले सार्वजनिक गरेपछि धेरैले नाइस कपल भनेर कमेन्ट गरेका छनभने, कतिले दाजुभाउजु भनेका छन्। भुवन भने नो कमेन्टमा बसेका छन्। भुवनले कुनै कमेन्ट गरेका छैनन्। भुवनले आधिकारिक रुपमा जिया केसीलाई तेश्री पत्नी भनेर घोषणा भने गरेका छैनन्।


प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

दाङको देउखुरीमा टिप्परको ठक्कर बाट मोटर साइकालमा स्वारी दुई जाना मध्य एक जनाको मिर्त्यु

एकदिवसीय शृङ्खलाको पहिलो खेलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई हरायो

नेपाल कुवेत संस्कृतिक मन्चले आयोजना गरेको हरितालिका तिज बिशेष सांगितिक धमका २०२५

इजरायली राष्ट्रपतिसँग विपिनकी आमा र बहिनीको भेट

किरात राई यायोक्खा कुवेतको चौथो अधिवेशन १२ सेप्टेम्बरमा केन्द्रिय अध्यक्ष जीवन हाताचो राई कुबेत आउँदै

संखुवासभा समाज कुवेतको प्रथम वार्षिक उत्सव सम्पन्न

टप एन्ड टी–२० शृङ्खलामा नेपालले आज नर्दन टेरिटोरीसँग खेल्ने

नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका ९४ वटा घटना, एक जना पत्रकारको हत्या

