विराट कोहलीका कारण बलिउड छाड्दै अनुष्का शर्मा !
मुम्बई । बलिउड नायिका अनुष्का शर्मा पछिल्लो समय फिल्म ‘जीरो’ मा शाहरुख खानसँग देखिएकी थिइन् । त्यसपछि अनुष्काले कुनै पनि फिल्म साइन गरेकी छैनन् । अहिले चर्चा चल्न थालेको छ कि, अनुष्काले अब फिल्ममा अभिनय गर्ने रुचि देखाउन छोडेकी छिन् । यतिबेला उनका हातमा कुनै पनि फिल्म छैनन् । जबकि, उनी बलिउडकी टप हिरोइनमध्ये एक हुन् ।
फिल्म त एकातिर भयो, उनी पछिल्लो समय बलिउडका इभेन्टमा पनि कम जान थालेकी छिन् । कतिपयले अब अनुष्काले बलिउडलाई बाइबाइ गर्न लागेको बताउन थालेका छन् । कारण के होला ? यसको खास कारणबारे त अहिले खुलाइएको छैन । तर, बलिउडमा विराट कोहलीले नै अनुष्कालाई अब फिल्म नखेल्न सल्लाह दिएका समाचार पनि आइरहेका छन् । सूत्रका अनुसार विराट चाहन्छन् कि, अब अनुष्काले परिवार र आफूलाई बढी समय दिऊन् ।
फिल्ममा काम गर्ने कलाकारसँग निकै कम समय हुने गर्दछ । कहिले दिन त कहिले रातमा फिल्मको लागि समय दिनुपर्ने अवस्था आइरहेको हुन्छ । यसकारण अनुष्का पनि विराटलाई समय दिन पाइरहेकी हुँदिनन् । यता विराटका नजिकका साथीहरुले यो कुरालाई चाहिँ गलत भनेका छन् । उनीहरुका अनुसार विराटले अनुष्कालाई अभिनय गर्नबाट कहिल्यै रोक्न चाहँदैनन् । विराटलाई थाहा छ कि, अनुष्का बलिउडकी ‘फेमस’ कलाकारमध्ये एक हुन् । यी कुराहरु चलिरहँदा अर्कातिर अनुष्का गर्भवती भएको बारे पनि अड्कल काट्न थालिएको छ । बलिउडमा यो गसिप बनिरहेको छ तर अनुष्काले केही समय पहिले नै आफूहरु परिवार बढाउने योजनामा नरहेको बताएकी थिइन् ।
April 17, 2019 2:37 pm | मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।