बिरामी छोरीका कारण सुटिङमा ढिला पुग्दा यी अभिनेता शोबाटै निकालिए
काठमाण्डौ– ‘बिगबोस–१२’ फेम करणवीर बोहरा एक शोको छायाँकनका लागि सेटमा ढिलो पुगेका कारण शोबाटै निकालिएका छन् ।
करणवीरकी छोरी बिमारी भएपछि बिरामी छोरीको हेरचाह गर्नका लागि उनले च्यानल तथा प्रोडक्शन टिमसँग केही समय मागेका थिए । तर च्यानल तथा प्रोडक्शन टिमले उनलाई समय दिन मानेन । बरु उनलाई उक्त शो बाटै निकालिदिएको छ । करणवीरले यो कुराको खुलासा आफ्नो इन्स्टाग्राम अकाउन्ट गरेका छन् ।
करणवीरले लेखेका छन्, ‘जीवनमा कहिलेकाँही आपतकालीन अवस्था आइदिन्छ । जस्तो कि अचानक बच्चा बिमारी भइदिन्छन् । जसका कारण छायाँकन स्थल पुग्न ढिला भइदिन सक्छ । त्यही कारण च्यानल र प्रोडक्शन टिमले बाहिर निकालिदिनु एकदमै असंवेदनशील कुरा हो । यस्तो पहिले कहिल्यै मसँग भएको थिएन । एक अभिनेता हुनुका साथसाथै म मेरा साना छोरीहरुको पिता हुँ ।’

‘म आपतकालिन अवस्थामा मेरी बिरामी छोरीलाई उनकी आमा वा सहयोगीका साथमा एक्लै छोडेर जान सक्दिनँ । आज बिहान मेरी छोरीलाई मेरो आवश्यकता थियो । त्यसबेला उनी मेरो पहिलो प्रथमिकता थिइन् । तोकिएको समयमा छायाँकन स्थलमा पुग्न नसकेकोमा म फेरि पनि प्रोडक्शन टिम र च्यानलसँग माफी माग्न चाहन्छु । कयौं पटक अभिनेताहरुलाई सेटमा पर्खाएर राखिन्छ । र हामीले तपाईँहरुका लागि एडजस्ट गर्नुपर्ने हुन्छ । त्यही व्यवहार हामीहरुका लागि गरिदिनु भएको भए राम्रो लाग्थ्य’, उनले थपे ।
टेलिभिजन अभिनेता करणवीर बोहराले ‘कुबुल हे’, ‘सौभाग्यवती भवः’, ‘नागिन’, ‘क्यों की सास भी कभी बहुथी’ लगायतका चर्चित टेलिभिजन शोमा अभिनय गरिसकेका छन ।
April 18, 2019 11:30 am | Uncategorized,मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो