‘कलंक’ को रेकर्ड ब्रेक ओपनिङ, ‘केसरी’ र ‘गली ब्वाय’ लाई पछि पार्याे
बलिउड अभिनेता वरुण धवन र आलिया भट्ट अभिनित फिल्म कलंक यही अप्रिल १७ मा रिलिज भइसकेको छ । फिल्म रिलिज भएसँगै फिल्म समीक्षकहरुले मिश्रित समीक्षा दिएका थिए भने दर्शकले समेत खासै मन नपरेको प्रतिक्रिया दिएका थिए ।
फिल्म हेर्ने दर्शकको सामाजिक सञ्जालमा प्रतिक्रिया हेर्दा फिल्मले दर्शकहरुलाई निराश पारेको हुनसक्ने लागे पनि फिल्मको बक्स अफिस कलेक्शनले भने कीर्तिमान कायम गरेको छ । फिल्म ‘कलंक’ सन् २०१९ मा पहिलो दिनमा सबैभन्दा धेरै कमाइ गर्ने फिल्महरु मध्ये पहिलो स्थानमा पुगेको छ । यससँगै अभिनेता वरुण धवन र आलिया भट्टको फिल्मी करियरकै सर्वाधिक ओपनिङ गर्ने फिल्म बनेको छ ।

Top *Opening Day* biz – 2019…
1. #Kalank ₹ 21.60 cr [Wed]
2. #Kesari ₹ 21.06 cr [Thu]
3. #GullyBoy ₹ 19.40 cr [Thu]
4. #TotalDhamaal ₹ 16.50 cr
Note: Hindi films. ₹ 10 cr+ openers included in the list.
India biz.#Kalank is the biggest opener of Varun and Alia to date.3,18010:21 AM – Apr 18, 2019Twitter Ads info and privacy451 people are talking about this
करण जोहर, साजिद नाडियाडवाला र फक्स स्टार स्टुडियो जस्ता स्थापित फिल्म निर्माताहरुले बनाएको फिल्म ‘कलंक’ ले पहिलो दिनमा २१.६० करोड भारु कमाइ गरेको छ । यससँगै फिल्म ‘कलंक’ ले अक्षय कुमारको ‘केसरी’ र रणवीर सिंहको ‘गली ब्वाय’ लाई पछि पारिदिएको छ । होलीको अवसरमा रिलिज गरिएको फिल्म ‘केसरी’ ले पहिलो दिनमा २१.०६ करोड भारु कमाएको थियो भने ‘गली ब्वाय’ ले १९.४० करोड भारु कमाएको थियो ।

फिल्म ‘कलंक’ सन् १९४० को कथामा निर्माण गरिएको एपिक ड्रामामा त्यस समयको भारतको लाहोरको हिरामण्डीको कहानी रहेको छ । फिल्ममा वरुण धवन लोहारको भूमिकामा छन् भने उनी विवाहित आलियासँग प्रेम गर्न थाल्छन् । आलिया भट्ट आदित्य रोय कपूरकी पत्नी हुन् भने सञ्जय दत्तकी बुहारी बनेकी छिन् ।
अभिनेत्री माधुरी दीक्षित बहार बेगमको भूमिकामा छिन्, जो कुनै समयमा सञ्जय दत्तसँग प्रेम रहेको कहानी देखाइएको छ ।
भारतीय फिल्म समीक्षकहरुका अनुसार, यो फिल्मले आगामी दिनमा पनि अझै राम्रो व्यापार गर्ने कुरा बताइरहेका छन् ।
April 18, 2019 1:37 pm | Uncategorized,मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।