एकाएक यूट्युबबाट किन गायब भयो मोदीको बायोपिकको ट्रेलर ?
एजेन्सी । विवादमा फसेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बायोपिकको ट्रेलर यूट्यूबाट एकाएक गायब भएको छ । यूट्यूबमा ट्रेलर खोज्दा भिडियो उपलब्ध नभएको सन्देश दिइन्छ । फिल्मको रिलिज मिति नै धेरै पटक सरिसकेको छ । चुनाव आयोगले शुक्रबार चुनावको समयमा यस फिल्मको रिलिजमा रोक लगाइदिएको थियो ।
आयोगले जारी गरेको आदेशमा उमेदवारको छविलाई प्रत्यक्ष रुपमा बढाई चढाई गराउने यस्तो कुनै पनि प्रचार सामाग्री या पोस्टरको प्रचार गर्न नदिने जनाइएको थियो । त्यस्तो कन्टेन्टलाई आचार संंहिता अन्तर्गत इलेक्ट्रोनिक मिडियामा देखाउन नहुनेबारे आदेशमा जानकार गराइएको थियो । जसकारण सुप्रिम कोर्टले चुनाव आयोगबाट प्रधानमन्त्री नरेन्द्र मोदीको बायोपिक ‘पिएम’नरेन्द्र मोदी’ को रिलिज मिति १९ अप्रिलदेखि पहिला नै फैसला गर्नको लागि भनेको थियो ।
कोर्टले रिलिज मिति तय गर्नु पहिला चुुनाव आयोगले पुरै फिल्म हेर्ने जनाएको थियो । यलाई मध्यनजर गरेर आज बुधबार चुनाव आयोगले फिल्म हेर्नेछ र कोर्टलाई बुझाउनेछ । यसको सुनुवाई भने २२ अप्रिलमा हुनेछ ।
फिल्ममा विवेक ओबरोयले नरेन्द्र मोदीको भूमिका निर्वाह गरेका छन् । ओमंग कुमारले निर्देशन गरेका फिल्मलाई सन्दीप सिंहले निर्माण गरेका हुन् ।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो