रसुवागढी र साञ्जेन जलविद्युत आयोजनाको साधारण शेयरमा आजदेखि आवेदन खुला
काठमाण्डौ – जलविद्युत कम्पनीमध्ये सम्भावनायुक्त आयोजनाको रुपमा हेरिएको रसुवागढी हाइड्रो पावर र साञ्जेन जलविद्युत आयोजनाको साधारण शेयरमा आजदेखि आवेदन खुला भएको छ ।
दुवै कम्पनीको शेयरमा लगानीकर्ताले एक हजार रुपैयाँदेखि नै आवेदन गर्न पाउने छन् । नेपाल धितोपत्र बोर्डको निर्देशन अनुसार दुवैको सार्वजनिक निष्कासनमा न्यूनतम १० कित्तादेखि आवेदन गर्न पाउने व्यवस्था कायम भएको हो । यसअघि प्रकाशित आह्वानपत्रमा भने दुवै कम्पनीले न्यूनतम ५० कित्ता आवेदन गर्नुपर्ने विवरणपत्र प्रकाशन गरेका थिए ।
पूँजी बजारको पहुँच फराकिलो बनाउन भन्दै बोर्डले चैत २७ गते निर्देशन जारी गरेर सबै सार्वजनिक निष्कासनमा न्यूनतम १० कित्तादेखि आवेदन गर्न पाउने व्यवस्था लागू गर्न मर्चेन्ट बैंकहरुलाई निर्देशन दिएको थियो ।
रसुवागढी हाइड्रोपावरले कर्मचारी र म्युचुअल फण्डलाई छुट्याएर ९३ लाख ३९ हजार ४६७ कित्ता शेयर सर्वसाधारणलाई बिक्री खुला गरेको छ ।
यसैगरी साञ्जेनले कर्मचारी र म्युचुअल फण्डलाई छुट्याएर सर्वसाधारणमा ४९ लाख ८२ हजार २५० कित्ता शेयरमा आवेदन माग गरेको छ । दुवै कम्पनीको शेयरमा मेरो शेयर तथा लगानीकर्ताको बैंक खाता रहेको सी आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट आवेदन गर्न सकिन्छ ।
‘जनताको जलविद्युत कार्यक्रम’ मा समेटिए पनि दुबै आयोजनाहरुको भौतिक प्रगति ५० प्रतिशत बढी सम्पन्न भैसकेकाले लगानीकर्ताले प्रतिशेयर १०० रुपैयाँका दरले नै खरिद गर्नुपर्ने छ ।
April 19, 2019 12:33 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
आज जनआन्दोलन दिवस मनाइँदै