२२ वर्ष कान्छी युवतीसँग जोडियो अरबाजको नाम, मलाइका १२ वर्ष कान्छोसँग गर्छिन डेटिङ
मुम्बई। मलाइका अरोडासँग सम्बन्ध विच्छेद भएपछि बलिउड अभिनेता अरबाज खान इटालियन अभिनेत्री एवं मोडल जर्जिया एण्ड्रियानीसँग डेट गरिरहेका छन्। केही दिन अगाडि दिएको एक अन्तर्वातामा अरबाजले यसको खुलासा गरेका हुन्। भारतीय संचारमाध्यमका अनुसार जर्जिया एण्ड्रियानीलाई सलमान खानको नयाँ फिल्म ‘दवंग–३’ एउटा भूमिकामा अफर गरिएको छ।
स्रोतका अनुसार उक्त फिल्ममा सोनाक्षी बाहेक अर्की एक नायिका सलमानसँग रोमान्स गर्दै देखिने छिन्। उनको भूमिका अतीतमाथि आधारित हुनेछ, सलमान खान कसरी उनको प्यारमा परेका थिए भन्ने देखाइने छ। यो भूमिकाको कास्टिङ अहिले जारी छ र, जर्जियालाई यसैकालागि कण्सिडर गरिँदैछ। जर्जियाकालागि यो एउटा ठूलो केमियो हुनेछ। यद्यपी सलमान खान र उनको टिमले यो विषयमा अहिलेसम्म केही पनि जनाएको छैन।
अरबाजले दबंगको दोस्रो पार्टलाई निर्देशन गरेका थिए। र, उनले दुवै फिल्ममा अभिनय पनि गरेका थिए। तेस्रो पार्टमा पनि अरबाजले अभिनय गर्दैछन्। केही समय अगाडि सोनाक्षीले पनि फिल्ममा अर्की पनि हिरोइन हुने बताएकी थिइन्। फिल्ममा सलमान र सोनाक्षी मुख्य भूमिकामा छन्। यसैबीच मौनी राय यो फिल्ममा स्पेशल गीतमा काम गर्न सक्ने बताइएको छ।
३० वर्षीया जर्जिया इटालियन मोडल हुन्। उनको होमटाउन मिलान हो। जर्जिया राम्री नृत्यांगना पनि हुन्। उनले २०१७ मा रीलिज भएको फिल्म ‘गेस्ट इन लंडन’ मा नृत्य गरिसकेकी छन्। जर्जिया यतिबेला भने उनलाई अरबाजले उपहार दिएको मुम्बईको फ्याटमा बस्छिन्। अरबाज जर्जिया भन्दा २२ वर्ष जेठा छन्। अरबाज ५२ वर्षका भए। मलाइकासँगको सम्बन्ध विच्छेदपछि अरबाजले आफ्नो जीवनमा खास व्यक्तिको प्रवेश भएको बताएका थिए।
मे २०१७ मा अरबाज र मलाइका अरोडाबीच सम्बन्ध विच्छेद भएको थियो। दुवैका १६ वर्षका छोरा (अरहान खान) छन्। मलाइकासँगको सम्बन्ध विच्छेदपछि जर्जिया अरबाजको जीवनमा आउने दोस्रो युवती हुन्। यसअघि उनको नाम रोमायिन मोडल एलेक्जेण्ड्रा क्यामेलियासँग जोडिएको थियो। पछि उक्त हल्ला निराधार भएको अरबाजले बताएका थिए।
April 19, 2019 2:34 pm | मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।