राजेश पायल राईले कुवेतमा उधुम मच्चाए
माधब शाही-
कुवेत- राजेश पायल राईले कुवेतमा उधुम मच्चाएका छन् । गत सुक्रवार कुवेतको जिलीब स्थित इन्डियन सेन्ट्रल स्कुलको हलमा नेपाल कुवेत सरोकार समाजले आयोजना गरेको सँस्थाको तेश्रो प्रस्तुती नव वर्ष २०७६ को शुभकामना आदानप्रदान तथा मेघा म्युजिक शो मा प्रसिद्द गायक राजेश पायल राईले आफ्नो धमाकेदार प्रस्तुती पस्की कार्यक्रममा उपस्थित दर्शकलाई नचाई उधुम मच्चाएका हुन् । मेघा स्टार राई इच किङ्स भनेर चिनिने गायक राजेश पायल राईको ब्यग्र प्रतिक्ष्यामा रहेका कुवेतवासी नेपाली गायक राईको प्रस्तुती हेर्न आतुर भएका थिए । साँझ ३ बजे गायक कार्यक्रम हलमा प्रवेश गर्दै गर्दा दर्शक दिर्घा बाट ताली बर्षेको थियो भने गायक राई लाई पन्चे बाजाले भब्य स्वागत गरियको थियो ।

साँझ ४ :३० बजे गायक राजेश पायल राई मञ्चमा उक्लिए ,दर्शक दिर्घाबाट ताली वर्षियो । मञ्चमा उक्लिने बित्तिक्कै उनको निकै नै चर्चित दर्शन नमस्ते बोलको गीत गुन-गुनाए ।नेपाली गीतसंगीतमा हजारौ स्टेज कार्यक्रममा सहभागि भईसकेका गायक राजेश पायल राईको गीतको तरंग सुरू हूने वित्तिकै उत्साहित भएका दर्शकहरू पहिलो गीत मै हुटिंग गर्न थालेका थिए। गायक राईले पहिलो प्रस्तुती स्वरूप ‘मायाको जालोले तान्यो बेसरी , माकुरी तिम्रो जालमा परे कसरी ?’ बोलको गीत पस्केका थिए । करिब एक दर्जन जति गीत पस्की कुवेतवासी नेपाली हरुलाई नचाउनु नचाए ।

नेपाल कुवेत सरोकार समाजका अध्यक्ष राम तामांगको सभापतीत्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी नेपाली राजदुतावास कुवेतका महामहिम राजदुत दुर्गा प्रसादभण्डारीको रहेको थियो भने बिशिष्ट अतिथीमा नेपाली राजदुतावास कुवेतका सल्लाहकार मित्र सिंज्याली , गैरआवासीय नेपाली संघ कुवेतकी अध्यक्ष सुमीत्रा पौडेल , नेपाल आदिवासी जनजाती महासंघ कुवेतका अध्यक्ष अमृत तामांगको उपस्थित रहेको थियो ।नव वर्ष २०७६ को शुभकामना आदानप्रदान तथा मेघा म्युजिक शो कार्यक्रममा बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु,पत्रकारहरु ,बुद्दिजिबी , समाजसेवी कुवेतवासी नेपालीहरूको बाक्लो उपस्थित रहेको थियो ।

कार्यक्रम संचालन शुरेस ग्यावा तामांग र दिल कुमार पाख्रिनले गरेका थिए भने कार्यक्रममा उपस्थितहरुलाई समाजका बरिष्ठ संरक्षक टिका राम आचार्यले मन्तब्यद्वारा स्वागत गरेका थिए ।

कार्यक्रम सभापती , प्रमुख अतिथि , बिशिष्ट अतिथिको सामुहिक रुपमा दिप प्रज्लन गरी उद्दघाटन गरियको थियो भने नेपाली राष्ट्रिय गीत बाट कार्यक्रम लाई मुर्तरुप दिइएको थियो । प्रमुख अतिथी नेपाली राजदुतावास कुवेतका महामहिम राजदुत दुर्गा प्रसाद भण्डारी , बिशिष्ट अतिथी अधिकारी , नेपाल आदिवासी जनजाती महासंघ कुवेतका अध्यक्ष अमृत तामांग ,नेपाल पत्रकार महासंघ कुवेतका महासचिब आनन्द आचार्य , समाजसेवी कुमार झापाली लगायतले शुभकामना मन्तब्य राखेका थिए ।कार्यक्रममा स्थानीय कलाकार माधब शर्मा ,रमेश घलान , सोम रसाईली ,स्याम बिसी,कुमार तामांग ,अन्जु सुनवार,डोल्मा तामांग ,सुनिता तामांग लगायतको गायन तथा नृत्य प्रसुतीले दर्शकलाई थप मनोरन्जन प्रदान गरेको थियो ।

सांगितिक कार्यक्रमका सभापती राम तामांगले कार्यक्रम सफल पार्न सहयोग पुर्याउने उपस्थित सबैलाई धन्यवाददिँदै आगामी दिन हरुमा पनि यस्तै सहयोगको अपक्षा गर्दै कार्यक्रम समापन भयको घोषणा गरेका थिए।

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण
मतदाताको गोपनीयता भङ्ग नगर्न झापा प्रशासनको आग्रह
चलचित्र पत्रकार दिनेश सिटौलाको निधन