‘मह जोडी’ लाई बसुन्धराश्री र मानश्री पुरस्कार
काठमाण्डाै – बसुन्धरामान प्रज्ञा प्रतिष्ठानले वरिष्ठ हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य ‘मह जोडी’ लाई बसुन्धराश्री र मानश्री पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।
बसुन्धरामान प्रज्ञा प्रतिष्ठानका कुलपति डा दुबसु क्षेत्रीको अध्यक्षतामा बसेको बैठकले ‘मह जोडी’लाई सम्मान गर्ने निर्णय गरेको हो । उक्त पुरस्कारको राशी जनही ५० हजार रुपैयाँ छ ।
बैठकले नेपाली हास्य व्यङग्य, नाटक, चलचित्र र टेलिचलचित्रहरुको सिर्जना तथा अभिनयका माध्यमबाट नेपाली कला, रंगमञ्च र हास्य व्यङग्य क्षेत्रलाई सार्थक, समृद्ध र समुन्नत बनाई नेपाली वाङ्मयलाई वैभवशाली र गरिमामय बनाउन विशिष्ट योगदान गरे बापत वरिष्ठ हास्य कलाकार मदनकृष्णश्रेष्ठ लाई बसुन्धराश्री पुरस्कार प्रदानगर्ने निर्णय गरेको हो ।
त्यस्तै नेपाली कला र रंगमञ्चका क्षेत्रमा आफ्नो अलग र विशिष्ट स्थान, पहिचान र वैशिष्ट्य कायम गरेका वरिष्ठ हास्यकलाकार हरिवंश आचार्यलाई वि.सं २०७६ सालको मानश्री पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हाे
April 21, 2019 2:09 pm | मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो