‘मिस वर्ल्ड’ र ‘मिस यूनिभर्स’ बनेका बलिउडका १० अभिनेत्री, के गर्दैछन् आजभोलि ?
मुम्बइ। बलिउडमा जमेका सुन्दरीहरु थुप्रै छन् । तीमध्ये संसारभरीनै आफ्नो सुन्दरताको कारण चर्चामा रहेका अभिनेत्री पनि उत्तिकै छन् । कसैले विश्व सुन्दरीको ताज पहिरिएका छन् त कसैले मिस यूनिभर्सको । तीमध्ये केहिले फिल्ममार्फत दर्शकको मन र मुटुमा राज गरिरहेका छन् भने कोहि ताज पहिरिएसँगै हराएर गए । विश्वमा नै सुन्दरताको ताज पहिरिएका ती सुन्दरी अहिले चाहीँ के गर्दैछन् त ?
ऐश्वर्या रायः सन् १९९४ को विश्व सुन्दरीको ताज पहिरिएकी ऐश्वर्या रायले बलिउडमा निकै सफल फिल्महरुमा काम गरिन् । सुन्दरतासँगसँगै उनको अभिनयले धेरैले उनलाई अत्याधिक रुचाए । उनले अभिनेता अभिषेक बच्चनसँग बिहे गरिन् । उनको एक छोरी पनि छिन् । बिहेपछि पनि उनी निरन्तर फिल्ममा काम गरिहेकी छिन् ।
लारा दत्ताः लारा दत्त सन् २००० मा मिस यूनिभर्स बनेकी थिइन् । उनले फिल्म ‘अन्दाज’ बाट बलिउडमा डेब्यू गरिन् । तर लामो समयसम्म उनले फिल्ममा सफलता पाउन सकिनन् । उनले टेनिस स्टार भूपतिसँग बिहे गरिन् र फिल्म संसारबाट टाढिइन ।
संगीता बिजलानीः सन् १९८० को मिस इन्डिया बनेकी संगीता र सलमान खानको अफेयरले बलिउडमा निकै चर्चा पायो । तर, केही समयमा नै उनीहरुको ब्रेकअप भयो र उनले क्रिकेटर अजहरुद्दीनसँग बिहे गरिन् ।
जूही चावलाः सन् १९८४ मा मिस इन्डिया बनेकी जूही चावलाले बलिउडमा थुप्रै सफल फिल्ममा अभिनय गरिन् । उनको बिहेले धेरैलाई आश्चर्यमा पारिदियो । उनले आफूभन्दा बढी उमेरका जय मेहतासँग बिहे गरिन् ।
प्रियंका चोपडाः सन् २००० मा मिस वल्र्ड (विश्व सुन्दरी) बनेकी प्रियंका चोपडाले बलिउडमा मात्रै होइन हलिउडमा पनि निकै सफल फिल्म काम गरेकी छिन् । उनले गत वर्ष हलिउड गायक निक जोनससँग बिहे गरिन् । उनी अझै फिल्म क्षेत्रमा नै व्यस्त छिन् ।
नेहा धूपियाः सन् २००२ मा फेमिना मिस इन्डियाको ताज पहिरिएकी नेहाले फिल्ममा निकै बोल्ड सीन दिएकी थिइन् । यद्यपि उनको फिल्म सफल हुन सकेन ।
सोनू वालियाः सोनू वालियाले सन् १९८५ मा मिस इन्डियाको ताज पहिरिएकी थिइन् । उनले ‘खून भरी मांग’ मा गरेको अभिनयको निकै तारिफ गरिएको थियो । तर, त्यसपछि उनलाई फिल्ममा सफलता मिल्न सकेन । उनले एनआरआई फिल्म प्रोड्युसरसँग बिहे गरिन् र अमेरिका पलायन भइन् ।
सुष्मिता सेनः सुष्मिता सेन १९९४ मा मिस इन्डिया बनेकी थिइन् । त्यसपछि उनी मिस यूनिभर्स बन्न सफल भइन् । उनले अहिले सम्म विवाह गरेकी छैनन् । फिल्ममा उनको एकल भूमिकाले खासै सफलता पाउन सकेन । उनी मल्टीस्टारर फिल्ममा भने सफल भइन् ।
दिया मिर्जाः सन् २००० मा एशिया प्यासिफिक बनेकी दिया मिर्जाको करियर केहि खास भने हुन सकेन । प्रोड्युसर साहिल सांगासँग बिहे गरेपछि उनी खासै फिल्म क्षेत्रमा आइनन् ।
नम्रता शिरोडकरः नम्रता शिरोडकर सन् १९९३ मा मिस इन्डिया बनेकी थिइन् । उनले केहि फिल्ममा काम गरिन् । उनले साउथ स्टार महेश बाबुसँग बिहे गरिन् ।
April 21, 2019 3:17 pm | मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो