६१ वर्षको उमेरमा भोज भतेर सहित धूमधाम विवाह । नातिनातिना जन्ती
पुर्खेउली घर गुल्मी भएका ६१ वर्षका नारायण प्रसाद सापकोटाले भोज भतेर सहित लगन गाँठो कसेका छन् । उनले झन्डै आफूभन्दा १६ वर्ष कम उमेर भएकी महिला सँग विवाह गरेका हुन् । हुन् त दुवै जनाको मन मिलेपछी कुनै सम्पत्ति, उमेरले छेक्दैन भन्ने एक उदाहरण दिएका छन् यी जोडीले । गुल्मी जिल्लाको मुसिकोट नगरपालि-९, अर्लाङ्गकोट पुर्खेउली घर भई अहिले पश्चिम नवलपरासी बस्दै आएका गैँडाकोट नगरपालिका – ४ झपर्दीमा बसाइसरी गएका ६१ वर्षीय नारायण प्रसाद सापकोटाले ४५ वर्षीय लक्ष्मी अर्याल सँग विवाह बन्धनमा बाँधिएका हुन् ।
आइतवार यो जोडीले हिन्दु परम्परा अनुसार विधिवत विवाह गरेका हुन् । अर्यालको माइती घर तनहुँको देवदह हो । सोमवार विहानैदेखि सापकोटा परिवारमा भोज भतेर सहित धुमधाम विवाहको रौनक जारी छ । अर्लाङ्गककोटबाट बसाई सरेर पाल्पाको तानसेन–१ मा बसोवास गरेका बेहुलाका कान्छा भाई जयराम सापकोटा भन्छन्, ‘हामी सबै दाजुको विवाहमा गैडाकोट आएका छौं ।
एक बर्षअघि भाउजु खिमकलीको ५८ बर्षको उमेरमा मृत्यु भएकाले अर्को विवाह गर्नुपरेको हो ।’ उनका अनुसार बेहुला दाजुका एक छोरी, दुई छोरा र नातिनातिना पनि छन् । ‘विवाहको रमझममा उनै नातिनातिनका रमाएका छन् । बुढेसकालमा सहाराका लागि दाजुले हिजो विवाह गरेर भाउजु भित्र्याउनु भएकोमा हामी सबै खुशी छौं’ उनले रातोपाटीलाई बताए ।
२०१५ साल पुस २२ गते जन्मिएका नारायणले मृत्यु भएकी श्रीमति खिमकलीलाई २०३४ सालमा विवाह गरेका थिए । हजुरवुवाको विवाहमा नातिनातिनाहरु रमाएर सहभागी भएका देखिन्छन् । छोराले बुहारी भित्र्याएकोमा खुशीले गद्गद् भएकी ८६ वर्षिय आमा हरिकला सापकोटाले विधि अनुरुप नै बुहारी भित्राएको बताइन् ।
April 22, 2019 5:58 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
आज जनआन्दोलन दिवस मनाइँदै