Saturday 12th July 2025

सुपरहिट गायक प्रमोद खरेलको गीत ‘झुमा-झुमा’ सार्वजनिक (भिडियो सहित)

6 years अगाडी

सुपरहिट गीत गाउने गायक प्रमोद खरेलको नयाँ गीत सार्वजनिक भएको छ । झुमा झुमा बोलको गीत शुक्रवार केही बेर अघि सार्वजनिक भएको हो । गीतमा टीकटकवाट भाइरल भएका जुम्ल्याहा दिदी बहिनीले प्रिन्सी र प्रिज्माले अभिनय गरेका छन् । उनीसंगै संगै छन् चर्चीत कलाकार पल शाह । सुगम संगीतमा आफूलाई स्थापित गर्न सफल गायक हुन्— प्रमोद खरेल ।

सांगीतिक करियरको करिब एक दशक संघर्षमा बिताएका खरेल पछिल्लो आधा दशकदेखि लोकप्रिय गायकका रूपमा सु परिचित छन् । चलचित्र, आधुनिक, पप, राष्ट्रिय आदि शैलीका करिब २ हजारभन्दा बढी गीत गाइसकेका प्रमोदलाई ‘म बिना कसै कसैलाई मुस्किल छ पोखरामा’ बोलको गीतले झनै चर्चीत बनाएको हो । त्यो गीत पछि उनलाई पछाडी फर्केर हेर्नुपरेको छैन ।

अन्यन्तै ब्यस्त र सुपरहिट गीत पस्कने उनै प्रमोदले शुक्रवार आफ्नै युट्युव च्यानलवाट नयाँ गीत सार्वजनिक गरेका हुन् । दिक्षा कृयशनले प्रस्तुत गरेको सो गीतमा सार्वजनिक भएको एक घण्टा नबित्दै निकै राम्रा प्रतिकृया आएका छन् । हिमान्सु रायमाझिको लिरिक्स रहेको गीतमा सुभम भुजेलले कोरियोग्राफि गरेका छन् । गीतमा दिपक आचार्यले डाइरेक्सन गरेका छन् । पछिल्लो गीतहरुमा गायक प्रमोद खरेल आफै अभिनयमा पनि देखिन थालेका छन् । यो गीतमा पनि खरेलको आफ्नै अभिनय पनि देख्न सकिन्छ ।

          April 22, 2019 6:44 pm | भिडियो


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...