सुपरहिट गायक प्रमोद खरेलको गीत ‘झुमा-झुमा’ सार्वजनिक (भिडियो सहित)
सुपरहिट गीत गाउने गायक प्रमोद खरेलको नयाँ गीत सार्वजनिक भएको छ । झुमा झुमा बोलको गीत शुक्रवार केही बेर अघि सार्वजनिक भएको हो । गीतमा टीकटकवाट भाइरल भएका जुम्ल्याहा दिदी बहिनीले प्रिन्सी र प्रिज्माले अभिनय गरेका छन् । उनीसंगै संगै छन् चर्चीत कलाकार पल शाह । सुगम संगीतमा आफूलाई स्थापित गर्न सफल गायक हुन्— प्रमोद खरेल ।
सांगीतिक करियरको करिब एक दशक संघर्षमा बिताएका खरेल पछिल्लो आधा दशकदेखि लोकप्रिय गायकका रूपमा सु परिचित छन् । चलचित्र, आधुनिक, पप, राष्ट्रिय आदि शैलीका करिब २ हजारभन्दा बढी गीत गाइसकेका प्रमोदलाई ‘म बिना कसै कसैलाई मुस्किल छ पोखरामा’ बोलको गीतले झनै चर्चीत बनाएको हो । त्यो गीत पछि उनलाई पछाडी फर्केर हेर्नुपरेको छैन ।
अन्यन्तै ब्यस्त र सुपरहिट गीत पस्कने उनै प्रमोदले शुक्रवार आफ्नै युट्युव च्यानलवाट नयाँ गीत सार्वजनिक गरेका हुन् । दिक्षा कृयशनले प्रस्तुत गरेको सो गीतमा सार्वजनिक भएको एक घण्टा नबित्दै निकै राम्रा प्रतिकृया आएका छन् । हिमान्सु रायमाझिको लिरिक्स रहेको गीतमा सुभम भुजेलले कोरियोग्राफि गरेका छन् । गीतमा दिपक आचार्यले डाइरेक्सन गरेका छन् । पछिल्लो गीतहरुमा गायक प्रमोद खरेल आफै अभिनयमा पनि देखिन थालेका छन् । यो गीतमा पनि खरेलको आफ्नै अभिनय पनि देख्न सकिन्छ ।
April 22, 2019 6:44 pm | भिडियो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।