‘ब्रम्हास्त्र’ मा रणबिर कपूरकाे जाेडीका रुपमा आफूलाई लिन आलिया भट्टले निर्देशकलाई अनुराेध गरेकाे खुलासा
बलिउड अभिनेत्री आलिया भट्ट यति बेला फिल्म ‘कलंक’ का कारण चर्चामा छिन् । यसै क्रममा उनले आफ्ना प्रेमी रणबिर कपूरको विषयमा एउटा खुलासा गरेकी छिन् । आलियाले निर्देशक अयान मुखर्जीसँग फिल्म ‘ब्रम्हास्त्र’ मा रणबीर कपूरको जोडीको रुपमा आफूलाई लिन अनुरोध गरेकाे खुलासा गरेकी हुन् ।
आलियाले हालै उनको अन्तरवार्तामा भनेकी छिन, ‘म र रणबlर कपूर फिल्म ‘ब्रम्हास्त्र’ मार्फत एक साथ आउँदैछौं । यस फिल्मका लागि म आफैँले निर्देशक अयान मुखर्जीलाई रणबिरको जोडीको रुपमा मलाई कास्ट गर्नुहाेस् भनेर अनुराेध गरेकी थिएँ । किनकि अभिनेताको रुपमा म रणबिर कपूरलाई धेरै नै मन पराउँछु । उनको अभिनय देखेर मलाई सधैं उनीसँग काम गर्न मन थियो ।’

आलियाले अगाडि भनिन्, ‘अयान मुखर्जीलाई फिल्म ‘ब्रम्हास्त्र’ बनाउने jlचार धेरै अघिदेखि नै थियो । उनी ‘ए जवानी हे दिवानी’ कै समयदेखि ‘ब्रम्हास्त्र’ बनाउने योजना गरिरहेका थिए । मैले त्यही बेला रणबीरको जोडीमा मलाई राख्नु भनेर अयानलाई अनुरोध गरेकी थिएँ ।’

कुराकानीको क्रममा आलियाले उनका प्रेमी रणबिरको निकै नै प्रशंसा पनि गरिन् । उनले भनिन्, ‘रणबीर कपूर छायांकनको समयका निकै नै सक्रिय रहन्छन् । उनी आफ्ना हरेक दृश्य उत्साहित भएर पूरा गर्छन् ।’

आलियाले अभिनेता रणवीर सिंह र वरुण धवनको पनि प्रशंसा गरिन् । यी दुवै एकअर्कादेखि निकै फरक तथा उत्कृष्ट अभिनेता भएको पनि बताइन् ।
यतिबेला आलिया भट्ट र वरुण धवनको फिल्म ‘कलंक’ प्रदर्शनमा रहेको छ । करण जोहरले निर्माण गरेको यस फिल्ममा आलिया र वरुणका साथै सञ्जय दत्त, माधुरी दिक्षित, सोनाक्षी सिन्हा र आदित्य रोय कपूरको मुख्य भूमिका रहेको छ ।
April 23, 2019 9:57 am | मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव