अक्षय कुमार, आलिया भट्ट र दीपिका पादुकोण भारतीय नागरिक होइनन् !
एजेन्सी। बलिउड अभिनेत्री आलिया भट्टले यो लोकसभा निर्वाचनमा मतदान गर्न नपाउने भएकी छन्। किनभने आलियासँग बोलायतको नागरिकता छ। उनीसँग भारतीय नागरिकता नभएका कारण लोकसभा निर्वाचनमा मतदान गर्न नपाउने भएकी हुन्। भारतमा दोहोरो नागरिकाको प्रावधान छैन।
भारतीय संचारमाध्यमका अनुसार अक्षय कुमारसँगपनि क्यानडाका नागरिकता छ। उता दीपिका पादुकोणसँग डेनिश नागरिकता छ। दीपिकाको जन्म डेनमार्कको कोपेनहेगनमा भएको थियो। त्यही कारण उनले डेनमार्कको पासपोर्ट लिएकी हुन्।
यी चर्चित कलाकारले निर्वाचनमा भोट नहाल्ने भएपछि भारतीय नागरिकता एक पटक फेरि चर्चामा आएको छ। भारतीय गृहमन्त्रालयका अनुसार नागरिकता एक्छ, १९५५ का अनुसार भारतको नागरिकता चार प्रकारले प्राप्त गर्न सकिन्छ। यो प्रोभिजन सिटीजनशिप एक्ट, १९५५ को सेक्शन ३,४,५ (१) र ५ (४) मा उल्लेख गरिएको छ।
२६ जनवरी १९५० या त्यसपछि १ जुलाई १९८७ भन्दा अगाडि जो नागरिक भारतमा जन्मिए उनीहरु नै भारतीय नागरिक भए। त्यो भन्दा अगाडि जन्मिएका नागरिकका बुवा आमा कहाँका थिए भन्नेसँग कुनै सरोकार हुँदैन।
१ जुलाई १९८७ देखि २ डिसेम्बर २००४ को बीचमा जन्मिने त्यस्तो व्यक्ति जसको जन्म पहिला उसका आमा र बुवा मध्ये कोही एक जना भारतीय नागरिक भएको भए उ पनि भारतीय नागरिक हुन्छ।
April 23, 2019 1:36 pm | मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो