हे भगवान..कस्तो दुर्दशा ! कृष्ण वलिको जस्तै रुपाको पनि करेन्ट लागेर दुवै हात काटियो !
सामान्य परिवारमा जन्मिएकी रुपाको दुवै हात गुमेपछी रुपाकै सपना साकार पार्न रौतार परिवार बुटवल झ¥यो । लामो समय देखि बैदेशिक रोजगारिमा रहेका रुपाका बुबा अहिले बुटवलको आम्दा अस्पतालमा सुरक्षा गार्डको रुपमा कार्यरत छन । उनकी आमा घरायसी काम देखी रुपाको रेखदेख गर्छिन भने उनको दाइले बुटवलमै पढ्छन । रुपा निकै मेहनती र लगनशिल छिन । रुपा विहान संगीत सिक्नका लागि बागेश्वरी संगीतालयमा जान्छिन । विद्यालय समयमा बुटवलको दिप बोडिङ पुग्छिन ।
पहिले कतै जानु पर्दा उनलाई अरु कसैको सहारा चाहिन्थ्यो तर अहिले त्यस्तो छैन । उनि एक्लै संगीत सिक्न जान्छिन, विद्यालय जान स्कुल वस चढि विद्यालय पुग्छिन । दिप बोडिङको कक्षा ८ मा पढ्दै आएकी रुपाको कक्षामा छुट्टै डेस्क, बेञ्च सहित बस्ने ठाउँ छ । खुट्टालेनै लेख्ने भएपनी उनको पढाई राम्रो छ । रुपाले आफ्ना दैनिक कार्य सहजै खुट्टाले गरेकी हुन्छीन । खाना खाने देखि मोवाइल समेत खुट्टाले नै चलाउछिन । उनी भन्छिन धेरै मेहनत गर्दै भविष्यमा राम्रो गायीका बन्ने लक्ष्य छ । रौतार परिवार हाल बुटवलको देविनगरमा बस्दै आइरहेको छ ।
रुपाका दुवै हात गुमेपछी पहिले पढ्दै आएको विद्यालयले उनलाई पढाउन मानेन । कपिलवस्तुको होराइजन बोडिङले पढाउने भएपछी उनको पढाई त्यही सुरु भयो । पहिले कलम छोप्ने उनका हात थिएनन् जसका कारण रुपाले खुट्टालेनै लेख्न थालिन । होराइजनमै पढ्दै गर्दा त्यही अध्यापन गराउने शिक्षिका विष्णुमाया श्रेष्ठले रुपाको गीत गाउन सक्ने क्षमता पत्ता लगाइन ।
श्रेष्ठले रुपालाई बुटवल ल्याइन । बुटवलमा रहेको बागेश्वरी संगीतालयमा रुपाले निशुल्क संगीत सिक्न थालीन भने बुटवलकै दिप बोडिङमा आफ्नो अध्ययनलाई निरन्तरता दिन थालिन । दिप बोडिङले उनलाई अहिले पनि निशुल्क पढाउदै आइरहेको छ । दुवै हात गुमेपछी खुट्टाले लेख्दै आइरहेकी रुपाको पढाई पनि राम्रो भइरहेको छ । बागेश्वरी बाटै औपचारीक रुपमा सांगीतिक यात्रा सुरुवात भए संगै रुपाको परिवार बुटवल झर्याे । संगीतमा निकै रुची र लगाव राख्ने रुपाको भर्खरै मात्र हिम्मत भाकी छोरी गीती एल्बम बजारमा आएको छ ।
April 24, 2019 12:00 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
आज जनआन्दोलन दिवस मनाइँदै