करिनासँग लिभ–इनमा बस्नका लागि सैफले यसरी मनाएका थिए बेबोकी आमालाई
करिना कपुर रखान र सैफ अली खान बलिउडका ती जोडीमध्ये एक हुन् जसले आफ्नो सम्बन्ध कहिले पनि लुकाएनन् । आज उनीहरु आफ्नो वैवाहिक सुखभोग गरिरहेका छन् र उनीहरुका एउटा छोरा तैमुर पनि छन् ।विवाह अघि करिना र सैफले एक–अर्कालाई पाँच वर्षसम्म डेट गरे । सन् २०१२ मा उनीहरु विवाह बन्धनमा बाँधिए । उनीहरु विवाह अघि लिभ इनमा बसे । लिभइनमा बस्नका लागि सैफले बेबो भनिने करिनाकी आमालाई मनाउनु पर्यो । ह्यूमन्स अफ बम्बेको आधिकारिक फेसबुक पोस्टमा करिनाले लिभइनमा बस्नका लागि सेफले उनकी आमालाई कसरी मनाए भन्ने जानकारी दिइन् ।
करिनाले लेखिन्, ‘हामी डेटिङमा भएको केही समय बितिसकेको थियो । त्यतिबेला सेफले आफू २५ वर्षको युवा नभएकाले दैनिक उनलाई राती घर पुर्याउन नसक्ने बताए । त्यतिबेला सेफले मेरी आमासँग भने, ‘म आफ्नो पूरा जीवन करिनासँग बिताउन चाहन्छु । हामी दुईजना लिभ–इनमा बस्न चाहन्छौं ।’ मेरी आमालाई यो कुरासँग केही आपत्ति थिए । वास्तवमा, सैफका लागि सबैकुरा सजिलो रह्यो । जब हामीले विवाह गर्ने निर्णय गर्यौं त्यतिबेला पनि सजिलै हाम्रो विवाह भएको थियो ।’
नीजिमात्र होइन व्यवसायिक जीवनमा पनि करिना र सैफले थुप्रै फिल्ममा सँगै काम गरे । यसमा ‘ओमकारा, टशन, ह्याप्पी एन्डिङ, एजेन्ट विनोद, कुर्बानजस्ता फिल्म समावेश छन् । यद्यपी, यी मध्ये केही मात्र फिल्म चले । अब करिना ‘तख्त’ र ‘गुड न्यूज’ जस्ता फिल्ममा देखिँदैछिन् ।
April 25, 2019 11:41 am | मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।