

यौन-आवेग दबाउने कि व्यवस्थापन गर्ने ?

सरकारले नेपालमा पोर्न साइटमाथि प्रतिवन्ध लगाएको छ, भलै त्यो पूर्णतय सफल नभएपनि । सरकारले पोर्न साइट अर्थात इन्टरनेटमार्फत उपलब्ध हुने अश्लिल सामाग्रीलाई त्यहीबेला नियन्त्रण गर्न खोजेको हो, जतिबेला निर्मला पन्त हत्याकाण्ड उत्कर्षमा थियो । त्यसपछि पनि बलात्कार, हत्याको शृंखला चलिरहेको थियो । ठिक यही मेसोमो सरकारले सरकारले पोर्न साइटमाथि प्रतिबन्धको प्रयास गर्यो, बलात्कार वा यौन हिंसाले बढाव नपाओस् भनेर ।
पोर्न साइट वा अश्लिल सामाग्रीको उपलब्धताले समाजमा यौन विकृति वा यौन हिंसा बढाएको हो ? यो छुटै वहसको विषय हो । किनभने कतिपय यौनमनोविज्ञहरुको तर्क फरक छ । उनीहरु भन्ने गर्छन्, ‘यौनकुष्ठाले विकृति पैदा गर्ने हो । यौनलाई जति दबाइन्छ, उत्तिनै मनमा यसप्रतिको विकार जम्मा हुन्छ । त्यसैले नराम्रो हर्कत गर्न उक्साउँछ ।’ यसर्थ यौनमा जति खुल्न सक्यो, यौनजन्य जिज्ञासा मेट्ने माध्याम जति सहज हुन्छ, उत्तिनै यौनकुष्ठा कम हुन्छ । जब यौनकुष्ठा रहँदैन, यौनजन्य अपराध पनि हुँदैन ।
यौनजन्य सामाग्री सहज भएपछि त्यसबाट पनि मान्छेले आफ्नो यौन इच्छा मेट्न पाउँछन् । उनले यौनलाई दबाउनु पर्दैन । हस्तमैथुन जस्ता केही विधी छन्, जसले यौन आवेग शान्त गर्न सकिन्छ ।यौन दवाउने कुरा होइन । यो प्राकृतिक आवश्यक्ता हो । यौन इच्छालाई जति दबाइन्छ, उत्तिनै यसले मनोविकार पैदा गर्छ । त्यही मनोविकारले हो, अश्लिल हर्कत गर्न उक्साउने । तर, हाम्रो समाजमा यौनबारे खुला बहस हुँदैन । यौनलाई ‘छाडा’ भन्ने गरिन्छ । भित्रभित्रै यौन-आवेग पैदा भएपनि बाहिर भने दबाइन्छ । यौन सम्बन्धी उठ्ने जिज्ञास मेट्न सकिदैन ।
चिन्तक एवं आध्यत्मिक गुरु रजनिशले भनेका छन्, ‘यदि यौनलाई दमन गरियो भने मान्छे कामुकभन्दा कामुक हुन्छन् ।’ उनले एक प्रसंग सुनाएका छन् । एकपटक रजनीश कुनै गाउँमा पुगेका रहेछन् । त्यहाँ ठूला विचारक र सन्त-साधु मिलेर अश्लिल पोस्टरमाथि विरोध गरिरहेका थिए । उनीहरुको धारणा के थियो भने, अश्लिल पोस्टर जथाभावी टाँसेकाले गर्दा मान्छेमा कामवासना फैलिएको छ । रजनीशले भनेका छन्, ‘जबकी अवस्था ठिक फरक छ । त्यही मान्छे पोस्टर हेर्न पुग्छन्, जसमा यौनकुष्ठा छ । जो यौनमा तृप्त छ उसलाई त यसले कुनै असर गर्दैन ।’
यौनलाई हामीले सधै छाडा भन्यौं । बर्जित गर्यौं । निषेध गर्यौं । यसलाई लाजको विषय बनायौं । रजनीश भन्छन्, ‘हामीले यौनलाई गालीभन्दा माथिल्लो सम्मान कहिल्यै दिएनौ । हामी यौनको कुरा गर्दा समेत भयभित हुन्छौं । हामीले यौनलाई यसरी लुकाएर, दबाएर राख्यौ कि मानौ जीवनमा त्यसको कुनै स्थान छैन ।’
उनले यौननै जीवनको सर्वाधिक महत्वको कुरा भनेका छन् । सत्य त के भने यौनभन्दा मध्वपूर्ण मान्छेको जीवनका अरु केही छैन । तर, यसलाई हामीले दबायौं, लुकायौं । लुकाउने र दबाउने कामले गर्दा हामी यौनबाट मुक्त भएनौं । बरु यौन आवेगले ग्रस्त हुँदै गयौं । किनभने दमनले ठिक उल्टो परिणाम दिन्छ ।
यौनलाई बुझ : यौनबारे रजनीशले भयभित नहुन आग्रह गरेका छन् । उनले भनेका छन्, ‘युवाहरुलाई म भन्न चाहन्छु कि तिम्रो आमाबुवा, तिम्रो पूर्खा, तिम्रो हजारौं बर्षको पींढी यौनबाट भयभित भए । तिमी भने भयभित नहुनु । बरु त्यसलाई तिमीले बुझ । त्यसलाई पहिचान गर । त्यसबारे कुरा गर । यौनको सम्बन्धमा भएको नयाँ खोज, अनुसन्धान पढ्ने प्रयास गर ।
यौन बर्जित कि व्यवस्थापन ? : अहिले हामीकहाँ यौनलाई नितान्त फरक ढंगले बुझाइएको छ । यसलाई लाजको विषय बनाइएको छ । यौनजन्य सामाग्री हेर्नु हुँदैन । यौनजन्य व्यवहार ठिक होइन भन्ने किसिमको धारणा छ ।
त्यही कारण यौनबारे जिज्ञासा मेट्न सकिने कतिपय वेब सामाग्रीमाथि अहिले प्रतिबन्ध छ । यसरी यौन इच्छा एवं यौन व्यवहारलाई उपेक्षा गर्नु कति सही हो ? यस सम्बन्धमा वहस हुनेनै छ । यद्यपी यौनजन्य सामाग्री जथाभावी रुपमा उपलब्ध गराइनुपर्छ, यौन व्यवहारलाई प्रोत्साहन गर्नुपर्छ भन्ने होइन । बरु, यसलाई समूचित ढंगले व्यवस्थापन गर्नुपर्छ ।जब यौनलाई विकृत ढंगले हेरिन्छ र व्यवहार गरिन्छ, तब त्यो रोग बन्छ । तर, यौनलाई खुला ढंगले बुझ्ने र यसलाई एक प्राकृतिक आवश्यक्ताको रुपमा स्विकार्ने हो भने यौन विकार पैदा हुन पाउँदैन । यसलाई सहज रुपमा लिइनेछ ।
यौनको कुलत
यौनलाई सहज रुपमा लिनुपर्छ भन्दैमा अश्लिल सामाग्री छ्यापछ्याप्ती वा अनियन्त्रित हुनुपर्छ भन्ने होइन । यौनको पनि आफ्नै सीमा र मर्यादा छन् । जब यसले आफ्नो मर्यादा पार गर्छ, तब यौन छाडा हुनपुग्छ । अश्लिल हुनपुग्छ ।यौनबारे जिज्ञासा मेट्न वा यौन व्यवहारलाई थप रोमाञ्चक बनाउनका लागि हामीले यौनजन्य सामाग्री हेर्न सक्छौं । यौनजन्य सामाग्रीबाट केही कुराहरु सिक्न र बुझ्न पनि सक्छौं । तर, त्यस्ता सामाग्रीमा लिप्त हुने र समय बर्बाद गर्ने काम भने पक्कै सकारात्मक होइन ।
यौनमा आवश्यक्ताभन्दा बढी तन-मन लगाउनु भनेको यौनको कुलत हुनु हो । कुलतले कहिले पनि सकारात्मक नतिजा दिदैन । त्यसैले यौनप्रति लिप्त भएर त्यसमै घोत्लिने, यौन सामाग्री खोज्ने, मनमा यौनकै विषयमा सोच्ने जस्ता प्रवृत्ति ठिक हुँदैन ।
April 25, 2019 1:07 pm | टिप्स/जानकारी
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

एकदिवसीय शृङ्खलाको पहिलो खेलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई हरायो

नेपाल कुवेत संस्कृतिक मन्चले आयोजना गरेको हरितालिका तिज बिशेष सांगितिक धमका २०२५

इजरायली राष्ट्रपतिसँग विपिनकी आमा र बहिनीको भेट

किरात राई यायोक्खा कुवेतको चौथो अधिवेशन १२ सेप्टेम्बरमा केन्द्रिय अध्यक्ष जीवन हाताचो राई कुबेत आउँदै

संखुवासभा समाज कुवेतको प्रथम वार्षिक उत्सव सम्पन्न

टप एन्ड टी–२० शृङ्खलामा नेपालले आज नर्दन टेरिटोरीसँग खेल्ने

नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका ९४ वटा घटना, एक जना पत्रकारको हत्या

झापाली समाज कुवेतले झापा, कनकाई नगरपालिका वडा नं.-३,पिङ्ग डाँडाकी टिका तिम्सीना लाई रु ५१,९९६ रुपैया आर्थिक सहयोग गरेको छ ।

