फ्यानको मोबाइल खोसेको भन्दै सलमान खानविरुद्ध प्रहरीमा उजुरी
बलिउड अभिनेता सलमान खानविरुद्ध मुम्बईको डीएन नगर प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ । सलमान खानले एक फ्यानको हातबाट मोबाइल फोन खोसेको आरोप लगाउँदै केस दर्ता भएको हो ।
सलमान खान लिक रोडमा साइकल चलाइरहेको बेला एक जना फ्यानले उनको भिडियो खिचिरहेका थिए । त्यसै क्रममा सलमान खानले ती फ्यानको हातबाट मोबाइल खोसेका थिए । सलमान खानका बडी गार्डको तर्फबाट पनि ती व्यक्तिविरुद्ध मुद्दा दर्ता भएको छ । उनीहरुका अनुसार सलमान खानको अनुमतिबिना ती फ्यानले भिडियो खिचिरहेका थिए ।
अभिनेता सलमान खान यतिबेला उनको आगामी फिल्म ‘दबंग ३’ को छायाँकंनमा व्यस्त छन । प्रभु देवाको निर्देशनमा बन्न लागेको यस फिल्ममा यसअघि ‘दबंग’ र ‘दबंग २’ मा अभिनय गरिसकेकी अभिनेत्री सोनाक्षी सिन्हा सलमान खानको श्रीमतीको भूमिकामा देखिनेछिन् ।
यससँगै सलमान खानको यतिबेला अबको केही समयमा रिलिज हुने फिल्म ‘भारत’ को चर्चा चुलिएको छ । अली अब्बास जफरको निर्देशनमा बनेको यस फिल्ममा सलमान खानका साथै अभिनेत्री कट्रिना कैफ, दिशा पाटनी, तब, अभिनेता ज्याकी श्राफ, सुनील ग्रोभरको मुख्य भूमिका रहनेछ । फिल्म ‘भारत’ इदको अवसर मा जून ५ मा रिलिज हुनेछ । आज सलमान खानको यसै फिल्मको पहिलो गीत ‘स्लो मोशन’ रिलिज भएको छ । यस गीतमा सलमान खान र दिशा पाटनीको डान्स रहेको छ ।
April 26, 2019 10:42 am | मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।