

सलमान खानका कारण होइन आफ्नै योग्यताले काम पाइरहेको छु: अरबाज खान

बलिउड अभिनेता, निर्देशक तथा निर्माता अरबाज खान २ दशकदेखि बलिउड उद्योगमा छन् । आजसम्म आइपुग्दा पनि अरबाज खान यस अघिका वर्षहरु झैं सक्रिय भएर काम गरिरहेका छन् ।
अरबाज खान बलिउडका सुपरस्टार सलमान खानका भाइ हुन । तर उनले आफ्ना दाइको कारणले नभइ आफ्नो कडा मेहनत र क्षमताका कारण आज सम्म पनि काम पाइरहेको बताएका छन ।
मिडियासँगको कुराकानीमा अरबाजले भने, ‘मैले अहिलेसम्म झण्डै ७० वटा फिल्ममा काम गरिसकेको छु । तर यहाँ यस्ता व्यक्तिहरु पनि छन् जसले २ वटा फिल्मपछि अभिनय गर्ने मौका नै पाएका छैनन् । म पछिल्लो २ दशक देखि फिल्म उद्योगमा छु । म सलमान खानको भाइ हो भन्दैमा मलाइ सधैंभरी कसैले काम दिँदैन ।
सलमानको नामले मलाइ एक वा दुई फिल्ममा काम दिन सक्लान् तर कसैले पनि मेरो करियर बनाउन सक्दैनन् । मैले मेरो योग्यताका कारण काम पाइरहेको छु । चाहे त्यो राम्रो होस् वा नराम्रो होस् । म आफ्नै परिश्रमले आफ्नो खुट्टामा उभिएको छु ।’
अरबाज खान भारतीय सिनेमाका चर्चित स्क्रिप्ट राइटर सलिम खानका छोरा हुन| । उनले सन् १९९६ मा अब्बास मस्तानको फिल्म ‘दरार’ बाट बलिउड डेब्यू गरेका थिए । यस फिल्ममा अरबाजको जोडीको रुपमा अभिनेत्री जुही चावला थिइन् । त्यसपछि अरबाजले ‘प्यार किया तो डरना क्या, हेल्लो ब्रदर, कयामत, हलचल, शुटआउट एट लोखण्डवाला’ जस्ता सुपरहिट फिल्ममा काम गरिसकेका छन् । त्यस बाहेक उनका केही फिल्म बक्सअफिसमा खासै सफल भएनन् ।
त्यसपछि उनले सन् २०१० मा अरबाज खान प्रोडक्शन कम्पनी सुरु गर्दै फिल्म निर्माण र निर्देशनमा पनि हात हाले । उनको प्रोडक्शन कम्पनीले पहिलो फिल्मको रुपमा ‘दबंग’ निर्माण गर्यो । सलमान खानको मुख्य भूमिका रहेको यो फिल्म सुपरहिट सावित भयो । त्यस पछि ‘दबंग २’ निर्माण गर्यो । त्यो फिल्म पनि सुपरहिट भयाे ।
अरबाजले आफ्नो करियरमा मिलिरहेको सफलताले आफू धेरै नै खुशी रहेको बताउँदै भने, ‘मैले मेरो डेब्यू फिल्मबाट अवार्ड पाएको थिएँ । मेरो करियरमा उतार चढावहरु आउँदै गरे र मैले काम पनि पाइरहेँ । मलाइ जे राम्रो लाग्यो मैले त्यो काम गरेँ । मैले कैयौं भूमिका निर्वाह गर्नुअघि यो कहिल्यै सोचिनँ कि त्यसले मेरो करियरमा राम्रो असर गर्नेछ वा नराम्रो असर गर्नेछ ।’
अरबाज खान यतिबेला ‘दबंग ३’ को निर्माण गरिरहेका छन् । यस फिल्मको निर्देशन प्रभु देवाले गरिरहेका छन् । सलमान खानको मुख्य भूमिका रहने फिल्म ‘दबंग ३’ मा सोनाक्षी सिन्हा, माही गिल, टीनू आनन्द लगायतको अभिनय रहनेछ ।
April 27, 2019 11:58 am | मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

दाङको देउखुरीमा टिप्परको ठक्कर बाट मोटर साइकालमा स्वारी दुई जाना मध्य एक जनाको मिर्त्यु

एकदिवसीय शृङ्खलाको पहिलो खेलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई हरायो

नेपाल कुवेत संस्कृतिक मन्चले आयोजना गरेको हरितालिका तिज बिशेष सांगितिक धमका २०२५

इजरायली राष्ट्रपतिसँग विपिनकी आमा र बहिनीको भेट

किरात राई यायोक्खा कुवेतको चौथो अधिवेशन १२ सेप्टेम्बरमा केन्द्रिय अध्यक्ष जीवन हाताचो राई कुबेत आउँदै

संखुवासभा समाज कुवेतको प्रथम वार्षिक उत्सव सम्पन्न

टप एन्ड टी–२० शृङ्खलामा नेपालले आज नर्दन टेरिटोरीसँग खेल्ने

नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका ९४ वटा घटना, एक जना पत्रकारको हत्या

