

जव अरबाजले निकाले यस्तो प्रसंग अन्तरवार्तामा धरधरी रोइन सन्नी लियोनी

एजेन्सी । पूर्व पोनस्टार एवम् नायिका सन्नी लियोनी एक अन्तरवार्ताका क्रममा रोएकी छन् । अन्तरवार्ताका क्रममा आफ्ना एक दिवगंत एक सहकर्मीको प्रसंग निस्केपछि उनले आफ्नो मन थाम्न सकिन्न् । बोल्न समेत नसकेकी लियोनी अन्तरवारताकै क्रममा उनी नराम्ररी रोइन् ।
‘दंबग’ सिनेमाका निर्माता एवम् निर्देशक अरबाज खानले संचालन गर्दै आइरहेको ‘पिन्च’ नामक अन्तरवार्ताका क्रममा लियोनीले साथीलाई सम्झेर मन थाम्न सकिनन् । सो प्रसंग उनीसँग काम गर्ने एक स्टाफसँग सम्बन्धित थियो ।
केहि समय पहिले उनीहरूसँग काम गर्ने प्रभाकर येडको जीवन बचाउन नसकिएको भन्दै उनले पश्चाताप गरेकी हुन् । सन्नीका श्रीमान डेनियलले गरेको अपिलमा केहि मानिसहरूले जनाएको छुच्चो प्रतिक्रियालाई प्रतिक्रिया दिनेक्रममा सन्नीले प्रभाकरलाई सम्झिइन जसका कारण आफ्नो आँशु रोक्न सकिनन् र रून पुगिन्।
यस क्रममा उनले सुरूमा मुस्कुराउँदै आफूलाई सम्हाल्ने प्रयास भने गरेकी थिइन् । उनी रूनुको कारण थियोः उनको अथक प्रयासका बाबजुद उनले दुबै मृगौला बिग्रिएका प्रभाकरलाई बचाउन नसक्नु ।
प्रभाकरका दुबै मृगौलाले काम गर्न नसकेका कारण अन्तिम अवस्थामा थिए । उनको मृगौलाले १० मात्र काम गरेको थियो । उनलाई बचाउन सहयोगको अपिल गर्दै एक तस्वीर उनका पति ड्यानियलले सार्वजनिक गरेका थिए । यसमा एक व्यक्तिले १.३८ करोडको गाडी किन्न सक्नेका सन्नीका लागि उपचारका लागि आवश्यक २० लाख भारू केहि नभएको र त्यो उनीसँग भएका केहि ब्याग र जुत्ताको मोल बराबर भएको भन्दै नकारात्मक टिप्पणी गरेका थिए । उनलाई यसरी सार्वजनिक रुपमा सहयोग माग्न लाज मान्नु पर्ने भन्दै समेत टिप्पणी गरिएको थियो ।
यसमा अरबाजले उनको धारणा जान्न चाहेका थिए । यसको प्रतिक्रिया दिने क्रममा उनी रोइन तर उनी रूनुको कारण आएको प्रतिक्रिया होइन । आफ्नो अथक कोशिसका बाबजुत प्रभाकरलाई बचाउन नसकेकोमा उनले पश्चाताप गर्दै रोएकी थिइन् ।
उनले फोटोचाँहि प्रभाकरलाई माया गर्नेहरूलाई उसलाई के भइरहेको छ थाहा होस र उनीहरूले पनि यसमा सहयोग गर्ने इच्छा भएमा गर्न पाउन भन्नाका लागि गरेको बताइन् । ‘तपाईलाई थाहा छैन तपाईको निकटमान्छेलाई गुमाउँदा कस्तो अनुभव हुन्छ ?’, उनले अन्तरवार्तामा भनेकी छन् ।
‘मैले र डेनियलले उसको सारा उपचार खर्चको जिम्मा लिएका थियौं’, सन्नीले भनिन् , ‘जब तपाईलाई तपाईंले लामो समय साथै बिताएको साथी यो दुनियाँमा रहनेछैन भनेर थाहा हुन्छ अनि तपाईंले चाहेर पनि केहि गर्न सक्नुहुन्न नी तब धेरै तनाबमा आउनुहुन्छ । मलाई थाहा थियो यो सिने क्षेत्रमा ऊ म भन्दा पहिलेदेखी काम गरिरहेको थियो। उसलाई धेरै मान्छेले माया गर्थे। हामीले उसको उपचार खर्चसँगै उसको परिवारको र वकीलको खर्चसमेत बेहोरेका थियौं।’
April 27, 2019 1:02 pm | मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

दाङको देउखुरीमा टिप्परको ठक्कर बाट मोटर साइकालमा स्वारी दुई जाना मध्य एक जनाको मिर्त्यु

एकदिवसीय शृङ्खलाको पहिलो खेलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई हरायो

नेपाल कुवेत संस्कृतिक मन्चले आयोजना गरेको हरितालिका तिज बिशेष सांगितिक धमका २०२५

इजरायली राष्ट्रपतिसँग विपिनकी आमा र बहिनीको भेट

किरात राई यायोक्खा कुवेतको चौथो अधिवेशन १२ सेप्टेम्बरमा केन्द्रिय अध्यक्ष जीवन हाताचो राई कुबेत आउँदै

संखुवासभा समाज कुवेतको प्रथम वार्षिक उत्सव सम्पन्न

टप एन्ड टी–२० शृङ्खलामा नेपालले आज नर्दन टेरिटोरीसँग खेल्ने

नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका ९४ वटा घटना, एक जना पत्रकारको हत्या

