जव अरबाजले निकाले यस्तो प्रसंग अन्तरवार्तामा धरधरी रोइन सन्नी लियोनी
एजेन्सी । पूर्व पोनस्टार एवम् नायिका सन्नी लियोनी एक अन्तरवार्ताका क्रममा रोएकी छन् । अन्तरवार्ताका क्रममा आफ्ना एक दिवगंत एक सहकर्मीको प्रसंग निस्केपछि उनले आफ्नो मन थाम्न सकिन्न् । बोल्न समेत नसकेकी लियोनी अन्तरवारताकै क्रममा उनी नराम्ररी रोइन् ।
‘दंबग’ सिनेमाका निर्माता एवम् निर्देशक अरबाज खानले संचालन गर्दै आइरहेको ‘पिन्च’ नामक अन्तरवार्ताका क्रममा लियोनीले साथीलाई सम्झेर मन थाम्न सकिनन् । सो प्रसंग उनीसँग काम गर्ने एक स्टाफसँग सम्बन्धित थियो ।
केहि समय पहिले उनीहरूसँग काम गर्ने प्रभाकर येडको जीवन बचाउन नसकिएको भन्दै उनले पश्चाताप गरेकी हुन् । सन्नीका श्रीमान डेनियलले गरेको अपिलमा केहि मानिसहरूले जनाएको छुच्चो प्रतिक्रियालाई प्रतिक्रिया दिनेक्रममा सन्नीले प्रभाकरलाई सम्झिइन जसका कारण आफ्नो आँशु रोक्न सकिनन् र रून पुगिन्।
यस क्रममा उनले सुरूमा मुस्कुराउँदै आफूलाई सम्हाल्ने प्रयास भने गरेकी थिइन् । उनी रूनुको कारण थियोः उनको अथक प्रयासका बाबजुद उनले दुबै मृगौला बिग्रिएका प्रभाकरलाई बचाउन नसक्नु ।
प्रभाकरका दुबै मृगौलाले काम गर्न नसकेका कारण अन्तिम अवस्थामा थिए । उनको मृगौलाले १० मात्र काम गरेको थियो । उनलाई बचाउन सहयोगको अपिल गर्दै एक तस्वीर उनका पति ड्यानियलले सार्वजनिक गरेका थिए । यसमा एक व्यक्तिले १.३८ करोडको गाडी किन्न सक्नेका सन्नीका लागि उपचारका लागि आवश्यक २० लाख भारू केहि नभएको र त्यो उनीसँग भएका केहि ब्याग र जुत्ताको मोल बराबर भएको भन्दै नकारात्मक टिप्पणी गरेका थिए । उनलाई यसरी सार्वजनिक रुपमा सहयोग माग्न लाज मान्नु पर्ने भन्दै समेत टिप्पणी गरिएको थियो ।
यसमा अरबाजले उनको धारणा जान्न चाहेका थिए । यसको प्रतिक्रिया दिने क्रममा उनी रोइन तर उनी रूनुको कारण आएको प्रतिक्रिया होइन । आफ्नो अथक कोशिसका बाबजुत प्रभाकरलाई बचाउन नसकेकोमा उनले पश्चाताप गर्दै रोएकी थिइन् ।
उनले फोटोचाँहि प्रभाकरलाई माया गर्नेहरूलाई उसलाई के भइरहेको छ थाहा होस र उनीहरूले पनि यसमा सहयोग गर्ने इच्छा भएमा गर्न पाउन भन्नाका लागि गरेको बताइन् । ‘तपाईलाई थाहा छैन तपाईको निकटमान्छेलाई गुमाउँदा कस्तो अनुभव हुन्छ ?’, उनले अन्तरवार्तामा भनेकी छन् ।
‘मैले र डेनियलले उसको सारा उपचार खर्चको जिम्मा लिएका थियौं’, सन्नीले भनिन् , ‘जब तपाईलाई तपाईंले लामो समय साथै बिताएको साथी यो दुनियाँमा रहनेछैन भनेर थाहा हुन्छ अनि तपाईंले चाहेर पनि केहि गर्न सक्नुहुन्न नी तब धेरै तनाबमा आउनुहुन्छ । मलाई थाहा थियो यो सिने क्षेत्रमा ऊ म भन्दा पहिलेदेखी काम गरिरहेको थियो। उसलाई धेरै मान्छेले माया गर्थे। हामीले उसको उपचार खर्चसँगै उसको परिवारको र वकीलको खर्चसमेत बेहोरेका थियौं।’
April 27, 2019 1:02 pm | मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।