नायिका श्वेता खड्कालाई गर्दनमा ट्यूमर ! भाबुक हुँदै लेखिन स्टाटस ‘जीन्दगीले दोस्रो पटक खेल खेल्यो !’
काठमाडौं – नेपाली चलचित्र जगतकी चर्चित नायिका श्वेता खड्का बिरामी भएपछि उपचारका लागि दिल्लीस्थित बीएलके सुपर स्पेसियालिटी अस्पताल भर्ना भएकी छिन् । उनलाई चिउँडोमुनि ट्युमर आएपछि उपचारका लागि दिल्ली गएकी हुन् । अस्पतालमा डाक्टर सुरेन्द्रकुमार दबसले श्वेताको चिउँडोमुनि आएको ट्युमरको ‘रोबोटिक शल्यक्रिया’ गरेका छन् । । श्वेताले आफ्नो उपचारका लागि नेपालबाट डाक्टर पंकजले सबै व्यवस्था गरेको र आफ्नो शल्यक्रिया सफल भएको बताएकी छिन् ।
ट्यूमर भएपछि अस्पतालकै बेडबाट खड्काले फेसबुकमाफर्त आफूलाई चलचित्र ‘हेल्लो जिन्दगी’ को छायांकन गर्न लण्डनजानु अघि नै दुखाइ महसुस भएको बताएकी छिन् । त्यस्तै फेसबुकमा उनले भावुक हुदैँ यस्तो स्टाटस लेखिन् , तपाईँलाई यो कुरा कहिल्यै थाहा हुँदैन कि तपाईँका योजना र आकांक्षा केही सेकेण्डमै चकनाचुर हुन सक्छन् ।’जीवनमा केही कुराको पनि निश्चितता नहुने रैछ लेखेकी छिन् ।
त्यसका साथै उनले स्वास्थ्यका कारण फिल्ममा काम गर्न नसक्ने बताउँदै हेलो जिन्दगीको समूहसँग माफी मागेकी छिन् । डरलाग्दो अवस्थालाई जितेर पुन नयाँ जीवन पाएको खड्काले जीवनले मसँग दोस्रो पटक खेल खेलेको बताइन् ।
May 1, 2019 10:57 am | मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार