घाँटीको क्यान्सरबाट पीडित गिरीको परिवारलाई प्रवासबाट आर्थिक सहयोग
बागलुङ। घाँटीको क्यान्सरबाट पीडित कुश्मा नगरपालिका–३ का हरि गिरीको परिवारलाई पर्वत समाज कतारले राहत रकम प्रदान गरेको छ। समाजका सहकोषाध्यक्ष सोमबहादुर केसी, वडाध्यक्ष तेजप्रसाद पाध्यलगायतले बिहीबार संयुक्तरूपमा गिरीकी श्रीमती जुनालाई ९३ हजार ४०० प्रदान गरेका हुन्।
चार महिनाअघि कतार पुगेका गिरीलाई दुई महिनापछि क्यान्सर देखिएको थियो। गिरीको अहिले कतारमै उपचार भइरहेको छ। घर धान्न विदेश गएका गिरी उतै बिरामी परेपछि परिवार बिचल्लीमा छ। परिवारको पालनपोषण र बालबच्चाको पढाइमा सहयोग पुगोस् भनेर राहत प्रदान गरिएको समाजका सहकोषाध्यक्ष केसीले बताए। समाजका केन्द्रीय सदस्य महेन्द्र चालिसेको अगुवाइमा कतारमा रहेका पर्वतेलीबाट राहत रकम जुुुटाइएको थियो।
सो अवसरमा वडाध्यक्ष पाध्यले वडाको तर्फबाट १० हजार गिरी परिवारलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। “समस्यामा परेको परिवारलाई राहत उपलब्ध गराएर समाजले प्रशंसनीय काम गरेको छ”, उनले भने।
नेपालीका हरेक दुःखसुखमा साथ दिन समाज क्रियाशील रहेको समाजका संस्थापक एवं पूर्वअध्यक्ष प्रताप गिरीले बताए। समाजले विपत् र समस्यामा परेका व्यक्ति र तिनका परिवारलाई सहयोग गर्दै आएको छ। क्यान्सरपीडित गिरीको उपचार खर्च भने कम्पनीले नै व्यहोर्दै आएको समाजका सदस्य सन्तोष क्षेत्रीले बताए।
May 3, 2019 12:11 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग