

दुई वर्षदेखि छोरा बेपत्ता, अहिले श्रीमानको पनि साउदीमा मृत्यु, मात्रिका गुहार माग्न आइन् काठमाडौं (भिडियो)

काठमाडौं । छोरा बेपत्ताको पीडा सहन बाध्य भएकी मात्रिकाले पति वियोगको पीडालाई स्वीकार्नु परेको छ । धन कमाउने सपना बोकेर बिदेशिएका श्रीमानबारे अप्रिय समाचार सुन्नु पर्ला भन्ने कत्ति लागेको थिएन उनलाई । कमजोर आर्थिक अवस्था, छोराछोरीको लालनपालनका लागि पनि उनले श्रीमानलाई रोक्न सकिनन् । तर, अकस्मात श्रीमान बितेको खबरले मात्रिकाको संसार गर्लाम्मै ढलेको छ ।
भद्रबहादुर खतिवडा एक वर्ष अगाडि साउदी अरेबियाको जेद्दाहमा रहेको ग्यास फ्याक्ट्रीमा काम गर्न गएका थिए । जम्माजम्मी दुई वर्षको भिसामा खाडी पसेका उनी एक वर्षमै भगवानको प्यारो भएको खबर मात्रिकाले पाएकी छन् । तर, उनलाई यसमा कत्ति विश्वास लागेको छैन ।
गत फागुन २७ गते राती खाना खाएर सुतेका भद्रबहादुर फेरि कहिल्यै नउठ्नेगरी अस्ताएको खबर उनका साथीले मात्रिकालाई सुनाएका छन् ।अघिल्लो दिनमात्रै उनको र मात्रिकाबीच फोनमा कुराकानी भएको थियो । पछिल्ला केही महिनादेखि पैसा पठाउन नसेका उनले श्रीमतीलाई धेरै चिन्ता नगर्न भन्दै ढाडस दिएका थिए । धेरै चिन्ता नगर, कसैलाई दुःख देखाएर नहिँड, म सबै मिलाउँछु, श्रीमानको भनाइ उदृत गर्दै मात्रिका भन्छिन् ।
तर, भोलिपल्ट उहाँको साथीको फोन आयो, सोच्दै नसोचेको खबर सुन्नुपर्यो, मात्रिकाका आँखा रसाए । हृदयघातबाट निधन भएको भनिएका पर्सा जिल्लाको बिरुवागुठी निवासी भद्रबहादुरको शव भने अझै नेपाल आइपुगेको छैन । त्यो खबरपछि उनको मोबाइलमा सम्पर्क नभएको र उनको फेसबुक समेत निष्क्रिय रहेको मात्रिका बताउँछिन् । निधन भएको भए श्रीमानको सव झिकाइदिन गुहार माग्दै मात्रिका यतिबेला काठमाडौं आएकी छन् । तर, सरोकारवाला निकायको त्यति बलियो साथ उनले पाएकी छैनन् । उनी अहिले आशा एचफोर फाउण्डेसनको शरणमा पुगेकी छन् । फाउण्डेसनकी संस्थापक आशा लामा मात्रिकाको श्रीमानको मृत्यु भएको पुष्टि भए सव झिकाउन पहल गर्ने बताउँछिन् ।
May 7, 2019 1:06 pm | भिडियो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित

जेन जी’ प्रदर्शन : १९ जनाको ज्यान गयो, झन्डै साढे ३ सय जनाकाे उपचार चल्दै

कुवेतस्थित नेपाली दूतावासमा नयाँ द्वितीय सचिवको कार्यभार प्रारम्भ

आज अन्तर्राष्ट्रिय परोपकार दिवस

प्रेस विज्ञप्ती (महेश पक्ष)एनआरएनए कुवेतद्वारा तथ्यहीन समाचारको खण्डन

३० गतेदेखि १ सय ११ ठाउँमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने

वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण

नेपालकी लोकप्रिय लोकदोहोरी गायिका प्रीति आले, भोलि बिहान १०:३० बजे कुवेत आउदै।

स्वास्थ्य बीमा समयमा नवीकरण नगरे चार गुणासम्म थप शुल्क लगाउने सरकारको चेतावनी

