राते काइँला अर्थात् सुनिल थापाले ३० वर्षअघि यसरी रजनीलाई दुलही बनाएका थिए
7 years अगाडी
Susma Dhakal
काठमाडौं, २४ वैशाख । राते काइँला उर्फ सुनिल थापा आज आफ्नो विवाहको ३०औं वर्षगाँठ मनाउँदैछन् । तीन दशकअघि आजैका दिन अर्थात अक्षय तृतीयामा थापाले रजनी सुब्बासँग विवाह गरेका थिए ।
सुनिल र रजनीका अनमोल र प्रिसियस गरी एक छोरा र एक छोरी छन् । ‘एक दुजे के लिए’ हिन्दी फिल्मबाट आफ्नो क्यारियर सुरु गरेका थापाले त्यसपछि पनि थुप्रै हिन्दी फिल्ममा अभिनय गरे । केही वर्षअघि प्रियंका चोपडासँग उनले खेलेको ‘मेरी कोम’ फिल्म सुपरहिट भएको थियो ।
२०४८ सालमा निर्मित ‘चिनो’ चलचित्रबाट सुनिल थापा राते काइँला बनेर नेपाली रजतपटमा एकाएक लोकप्रिय भएका थिए । तुलसी घिमिरेले निर्देशन गरेको सो चलचित्रमा उनले बोलेको ‘रातेलाई यो कुरा मन परेन’ सर्वाधिक हिट भएको थियो । सो चलचित्रमा शिव श्रेष्ठ, भुवन केसी, कृष्टि मैनाली, शर्मिला मल्ललगायतले अभिनय गरेका थिए ।
May 7, 2019 2:28 pm | मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार
Loading...