प्रेमगीत ३ मा नायिका हुन चाहनेकाे लाइन ! धेरै आवेदनले सर्भरसमेत डाउन
काठमाण्डाै – सुपरहिट फिल्म सिरिज प्रेमगीत ३ खेल्न युवतीको चर्को प्रतिष्पर्धा देखिएको छ । आउँदो चैत २८ को रिलिज डेट तोकेर निर्माण हुन लागेको ‘प्रेमगीत ३’मा नयाँ नायिकाको खोजी भइरहेको छ । निर्माता सन्तोष सेनले केही दिनअघि ‘प्रेमगीत ३’ निर्माणको घोषणा गर्दै फिल्ममा नयाँ नायिकाका लागि आवेदन खोलिएको बताएका थिए । नायक प्रदिप खड्कासँग ‘स्क्रीन शेयर’ गर्ने युवतीले आसुसेन फिल्मसको वेबसाइट aasusenfilm.com मा आवेदन पठाउनुपर्ने पनि उनले बताएका थिए ।
तर नयाँ नायिकाका लागि आवेदन मागिएको तीन दिनमै आसुसेन फिल्मसको वेबसाइट सर्भर डाउन भएको निर्माता सेनले बताएका छन् । मंगलबार फेसबुकमा स्टाट्स पोष्ट गर्दै सेनले नयाँ नायिकाका लागि इमेलमा आवेदन दिन पनि आग्रह गरेका छन । प्रेमगीतमा प्रदीप खड्का र पूजा शर्माले अभिनय गरेका थिए । प्रेमगीत २ मा भने प्रदीपसँग अश्लेषा ठकुरीले रोमान्स गरेकी थिइन् ।
May 8, 2019 10:28 am | मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार