परीक्षा दिँदादिँदै सुत्केरी
बैतडी – कक्षा १२ को परीक्षा सञ्चालन भइरहेका बेला बैतडीको शिवनाथ गाँउपालिका वडा नम्बर २ मा रहेको नागार्जुन माध्यमिक विद्यालय शर्मालीमा आज एक परीक्षार्थीले बच्चा जन्माएकी छन् । शिवनाथ गाँउपालिका वडा नम्बर ६ कि मिना धनाडीलाई परीक्षा हलमै सुत्केरी व्यथा लागेपछि नजिकै रहेको शर्माली स्वास्थ्य चौकीमा लगेपछि छोरी जन्माएकी हुन् ।
आज परीक्षाको आठौँ दिन ऐच्छीक विषय शैक्षिक मुल्याङकनको परीक्षा दिइरहेकी २४ वर्षीया धनाडी कक्षा १२ अध्ययनरत रहेको शिक्षक गोपालसिंह महताले बताउनुभयो । परीक्षामा ३ वटा प्रश्नको उत्तर लेख्न नपाउँदै धनाडीलाइ सुत्केरी ब्यथाले च्यापेपछि नजिकैको स्वास्थ्यचौकी लैजाँदा करिब ९ बजेतिर छोरी जन्माएको शिक्षक महताले जानकारी दिनुभयो ।
अहिले आमा र बच्चाको अवस्था राम्रो रहेको शर्माली स्वास्थ्य चौकीका अनमी कृष्णा चौधरीले बताउनुभयो । विद्यालयसँगै स्वास्थ्यचौकी जोडीएको हुनाले कुनै समस्या नभएको र दुवैजनाको हेरविचार स्वास्थ्यचौकीमै भइरहेको उहाँले बताउनुभयो ।
यस्तै छुटेको परीक्षा पछि दिन लगाउने वातावरण निर्माण गर्ने शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख नरेन्द्रप्रसाद अवस्थीले बताउनुभयो । छुटेको परीक्षा दिन सक्ने भए व्यवस्था मिलाउने र परीक्षा हलमा समस्या हुने भए स्वास्थ्य चौकीमै परीक्षा दिने वातावरण बनाउने शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख अवस्थीले जानकारी दिनुभयो ।
May 8, 2019 6:39 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग