‘किक २’ मा दीपिकाले गर्लिन् त ज्याकलिनलाई रिप्लेस ?
दीपिका पादुकोण यतिबेला उनले गरेका रिप्लेसमेन्टका कारण चर्चामा छिन् । हालै अनुराग वासुको फिल्म ‘इमली’ मा उनले अभिनेत्री कंगना रनावतलाई रिप्लेस गरेकी थिइन् ।
अहिले फेरि अभिनेता सलमान खानको ‘किक २’ अभिनेत्री ज्याकलिन फर्नान्डेजलाई पनि रिप्लेस गर्ने खबरहरु आएका छन् । दीपिकालाई ‘किक २’ का निर्माताहरुले एक महत्वपूर्ण भूमिकाको लागि कुराकानी गरिरहेका छन् । यस अघि ‘किक’ फिल्मको पहिलो भाग साजिद नाडियाडवालाले निर्माण गरेका थिए ।
गत वर्ष उनले ‘किक २’ को निर्माण गर्ने घोषणा गरेका थिए । तर फिल्मको स्क्रिप्ट तयार नभएपछि र सलमान खान पनि व्यस्त भएका कारण फिल्मको काम अगाडि बढ्न सकेन ।

अहिले भने फिल्मको स्क्रिप्ट तयार भइसकेको छ, तसर्थ साजिद र सलमान खान छिट्टै नै यस फिल्मको लागि अभिनेत्री फाइनल गर्नेछन् । यही क्रममा दीपिका पादुकोणलाई यस फिल्मका लागि प्रस्ताव गरिएको हो ।
यस फिल्मको पहिलो भागका लागि पनि दीपिकालाई नै प्रस्ताव गरिएको थियो । तर दीपिकाले समय अभावका कारण उक्त फिल्ममा काम गरेकी थिइनन् । सलमान खानको आगामी फिल्म ‘इन्शाअल्लाह’ का लागि पनि दीपिकाको चर्चा भएको थियो तर पछि आलिया भट्ट यस फिल्मका लागि फाइनल भएकी छिन् ।

दीपिकाले ज्याकलिनलाई रिप्लेस गर्ने खबर आइरहेका बेला फिल्ममा दीपिका र ज्याकलिन दुवै रहन सक्ने पनि चर्चा भइरहेको छ । तर दीपिकाको भूमिका फिल्ममा दमदार हुने बताइएको छ । दीपिका र ज्यालिनले यसअघि फिल्म ‘रेस २’ मा एकसाथ काम गरिसकेका छन् ।
May 8, 2019 6:44 pm | मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो