

बिर्सेर पनि यो दिशामा सिरानी लगाएर नसुत्नुहोस, घरमा हुनेछ अशुभ !

तपाइ कुन दिशा पट्टी सिरान लगाएर सुत्नुहुन्छ । के सही दिशातिर त सिरानी लगाउनु भएको छैन कि । त्यसका तपाइको जिवनमा स्वाथ्यका साथै विभिन्न फाइदाहरु रहेका छन् । तर तपाइ भन्नुहुन्छ होला म अरु दिशातिर नै सिरान लगाएर सुत्छु त केही भएको छैन । त्यसो पनि हुन्छ तर सन्तुलित रुपमा फिट रहनका लागी यो निकै आवश्यक रहेको छ । हेरौ कुन दिशातिर सिरान गर्दा राम्रो हुन्छ ।
सुरुवातमा पूर्व सिरानी ,पूर्व दिशामा सिरानी लगाएर सुत्दा कन्सन्ट्रेसन तथा मेमोरी पावर बढ्ने एवं मानव स्वास्थ्यमा यसले राम्रो प्रभाव पार्ने जनाइएको छ । बिशेषत विद्यार्थीवर्गहरूलाई यो दिशामा सिनानी लगाएर सुत्न फलदा हुने बताइएको छ ।त्यसैगरी पश्चिम सिरानी ,पश्चिम दिशामा सिरानी लगाएर सुत्नु पनि ठिकै मानिन्छ । यो दिशामा सिनानी राखेर सुत्नाले नाम, दाम तथा रिपुटेसन अनी समृद्धी प्राप्त हुने शास्त्रको दावी छ ।
त्यसैगरी उत्तर सिरानी सुत्ने समयमा उत्तर दिशामा सिरानी गर्दा विभिन्न रोग लाग्ने र समस्या आइलाग्ने हुन्छ । विशेष गरी मृत व्यक्तीहरूलाइ उत्तर दिशा तर्फ सिराने राखेर सुताइने गरिन्छ र बोक्ने गरिने भएकाले यसलाइ नराम्रो मानिन्छ ।त्यसैगरी दक्षिण सिरानी सुत्ने समयमा दक्षिण पट्टि सिरानी बनाउनु उत्तम मानिन्छ । दक्षिणबाट उत्तरी ध्रुवतर्फ प्रगतिशिल विद्युत प्रभाव भएको हुन्छ र यसले शरीरमा राम्रो उर्जा पैदा गर्छ । खाना पचाउन र मस्तिष्कको लागि पनि यो दिशाको सुताइ राम्रो मानिन्छ ।
त्यसैगरी अर्को कुरो ,बायाँ कोख सुत्ने गर्नुहोस् राति सुत्दा जहिले पनि बायाँ कोखो पल्टिएर सुत्नु राम्रो मानिन्छ । खासमा यो पनि बैज्ञानिक विचारमा आधारित छ । हाम्रो नाकबाट जुन श्वास बाहिर निस्कन्छ त्यसलाई स्वर पनि भनिन्छ । नाकको बायाँ छिद्रबाट श्वाश लिनु क्रियालाई चन्द्र स्वर भनिन्छ । दायाँबाट श्वास निस्कनु सूर्य स्वर हो । सूर्य स्वरले गर्मी पैदा गर्छ । बायाँ कोख पल्टिएर सुत्दा सूर्य स्वर निस्किन्छ । भोजन पचाउनका लागि पनि यो स्वर राम्रो मानिन्छ । मानव स्वास्थ्यकालागि यो सुताइ आवस्यक पनि छ । त्यस्तै सुत्दा जहिले पनि भोजन गरेको २ घण्टाभन्दा पछि मात्र सुत्नुका साथै दिशा पिसाव गरेर सुत्नुपर्छ ।
May 9, 2019 3:07 pm | टिप्स/जानकारी
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

एकदिवसीय शृङ्खलाको पहिलो खेलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई हरायो

नेपाल कुवेत संस्कृतिक मन्चले आयोजना गरेको हरितालिका तिज बिशेष सांगितिक धमका २०२५

इजरायली राष्ट्रपतिसँग विपिनकी आमा र बहिनीको भेट

किरात राई यायोक्खा कुवेतको चौथो अधिवेशन १२ सेप्टेम्बरमा केन्द्रिय अध्यक्ष जीवन हाताचो राई कुबेत आउँदै

संखुवासभा समाज कुवेतको प्रथम वार्षिक उत्सव सम्पन्न

टप एन्ड टी–२० शृङ्खलामा नेपालले आज नर्दन टेरिटोरीसँग खेल्ने

नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका ९४ वटा घटना, एक जना पत्रकारको हत्या

झापाली समाज कुवेतले झापा, कनकाई नगरपालिका वडा नं.-३,पिङ्ग डाँडाकी टिका तिम्सीना लाई रु ५१,९९६ रुपैया आर्थिक सहयोग गरेको छ ।

