Friday 27th February 2026

कपाल कलर गरेपछि ध्यान दिनुपर्ने केही कुराहरू

7 years अगाडी

झापा  । अरु समयमा भन्दा पनि गर्मीको मौसममा बढी घामका कारण हामीलाई निकै धेरै पसिना आउने गर्छ । यसबाट हाम्रो केशबाट पसिना र तैलीय पदार्थ निस्केर बाहिरी धुलो टासेर हाम्रो केश चाँडै मैलो तथा चिपचिप हुने गर्छ ।हामीले हाम्रो कपालमा रंग लगाउँदा सधै गुणस्तरीय हेयर कलरको प्रयोग गर्नुपर्छ । हामीले पहिलो पटक हाम्रो कपाल कलर गर्दा थोरै मात्रामा हेयर कलरलाई कानको पछाडिको भागमा लगाएर दश मिनेटजति छोड्नु पर्छ ।

यसो गर्दा कुनै प्रकारको रियाक्सन भएन भने मात्र हामीले यस कलरलाई केशमा प्रयोग गर्नु उपयुक्त हुन्छ । एक पटक कपालमा कलर लगाएपछि हामीले हाम्रो कपालमा निकै ध्यान दिनुपर्छ । यदि हामीले लापरवाही गर्यौँ भने हाम्रो कपाल झरेर हामी चिण्डे पनि हुन सक्ने सम्भावना आउन सक्छ ।गर्मीको समयमा सूर्यको अल्ट्राभ्वाइलेट किरणले पनि कलर्ड केशको चमक एवं कोमलतालाई हानी र्पुयाउँने भएको कारण घाममा बाहिर निस्कनुअघि हामीले क्याप, स्कार्फ वा छाताको प्रयोग गर्नुपर्छ ।

स्याम्पु गरिसकेपछि कलर गरिएको केशमा कन्डिसनर तथा सिरम लगाउनुपर्छ । यसबाट केशको प्राकृतिक नरमपन, रंग तथा कोमलता कायम रहन्छ । स्याम्पु गरेपछि केश सुकाउँदा घाममा बस्ने तथा हेयर ड्रायर प्रयोग गर्ने गर्नु हुँदैन । यसो गर्दा केशको रंग चाँडै उड्ने गर्छ भने त्यसको स्वभाविक नरमपन पनि कम हुँदै जन्छ । कलर गरिएको केशलाई घामबाट जोगाउनका निम्ति स्याम्पु गरिसकेपछि सनसिल्डको प्रयोग गर्नुपर्छ ।

          May 10, 2019 6:28 pm | टिप्स/जानकारी


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...