करोडपति बिजेता राजिव जैनले रबि लामिछानेसंग मागे माफी, अमिताभ बच्चनसंग राजेशको तुलना (भिडियो सहित)
टेनको चर्चित टेलिभिजन शो ‘हु वान्ट्स टु वि ए मिलेनियर’को नेपाली संस्करण ‘को बन्छ करोडपति’ नेपालमा पनि सुरु भएको छ । एपीवान एचडीबाट प्रसारण हुने यो कार्यक्रमका संचालक नेपाली सिने जगतका महानायक राजेश हमाल रहेका छन् । यो कार्यक्रम प्रत्येक शनिबार, आइतबार र सोमबार ८:३० बजे प्रसारण हुनेछ ।कार्यक्रम एसारबीएन मिडियाको सहप्रायोजन रहेको छ ।
कार्यक्रममा एसएमएसद्वारा प्रतियोगी छानिने र तीमध्ये १० जना प्रतियोगी फस्टेस्ट फिंगरको लागि चुनिनेछन् । यसरी चुनिएका १० जना कार्यक्रममा सहभागी भएर हट सिटको लागि प्रतिष्पर्धा गर्नेछन् । तीमध्ये छिटो उत्तर मिलाउने एक जना हट सिटमा पुग्नेछन् । आजको को बन्छ करोडपतिको ४२ औ एपिसोडमा राजीव जैनले एक करोड रुपैयाँ जितेका छन् ।ब्यापारी जैनले को बन्छ करोडपतिको खेलको सुरुवात मै आफु पैसाको लागि नभएर आफ्नो योग्यताको परिक्षण गर्न आएको बताएका थिए । उनले खेलको दौरान भनेका थिए ‘म क्विट गर्ने मान्छे हैन’ । खेलको १५ औ प्रश्नमा २००७ सालको प्रजातन्त्र पछिको पहिलो ऐतिहासिक चुनाव कहिले घोषणा गरिएको थियो ? भन्ने प्रश्न सोधिएको थियो ।
जुन प्रश्नको सहि उत्तरले उनलाई एक करोड जिताउथ्यो भने गलत उत्तरले सिधा तिन लाख बिस हजार रुपैयामा झार्ने थियो । तर पछी नहट्ने स्वभावका राजीवले सहि उत्तर दिदै एक करोड रुपैया जितेका थिए । बन्च करोडपतिका अनुसार आगामी साता चर्चित पत्रकार रबि लामिछाने को बन्छ करोडपतिमा खेल्दै छन । हेर्नुहोस को बन्छ करोडपतिको इतिहासमा राजीव जेनले एक करोड रुपैया जितेको ४२ औ एपिसोडको पुरा भिडियो :
May 14, 2019 11:35 am | भिडियो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता