

आँचल भन्छिन्– ‘आफ्नो व्यक्तिगत जीवनको कुरा बाहिर ल्याउन मन लाग्दैन’

काठमाडौं, बैशाख । चलचित्र ‘दाल भात तरकारी’ को व्यापारले दंग देखिएकी नायिका आँचल शर्मा कहिलेकाँही प्रेमको चर्चाले पनि रंगिने गर्छिन् । विशेषगरी, नायक पल शाहसँग उनको प्रेमको चर्चा चलेको केही समय भएको थियो । अहिले चलचित्र बजारमा पल र आँचल अलग भएको चर्चा समेत चलेको छ ।
आँचल पलसँग आफ्नो सम्बन्ध प्रेम भन्दा माथि रहेको र पल र आफ्नो मित्रता सधै नै उस्तै रहने बताउँछिन् । चलचित्र बजारमा नायिका आँचल शर्माको जीवनमा कोही मानिसको प्रवेश भएको समेत चर्चा छ । उनले भनिन् ‘प्रेम गर्नु सामान्य कुरा हो तर, अहिले म प्रेममा छैन ।
आँचलले आफ्नो व्यक्तिगत जीवनको बिषयमा धेरै कुरा बाहिर ल्याउन मन नलाग्ने समेत बताइन् । उनले भनिन्–‘कतिपय व्यक्तिगत कुरालाई देखाउन मन छ या छैन भन्ने कुरा मेरो निर्णय हो । म प्रेम वा मेरो व्यक्तिगत जीवनको कुरा बाहिर आओस् भन्ने खासै चाहन्नँ । व्यक्तिगत र व्यवसायिक कुरा फरक हो । कतिपय कुराहरुले भोलीलाई पनि गाह्रो पर्छ
आँचलले पलसँगको प्रेमको बिषयमा भनिन्–‘पलजीसँगको सम्बन्धको चर्चामा कोहीसँग पनि प्रमाण थिएनँ । म यस्तो कुरा आओस् भन्ने पनि चाहन्नँ । ‘प्रेम गर्नु नै नराम्रो त होइन, तर अहिले म सिंगल छु ।’ नायिका आँचल शर्माले बजारमा चलेको हल्लालाई गलत भइको समेत बताइन् ।
May 14, 2019 3:45 pm | मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित

एयर इन्डिया जहाज दुर्घटना : उछिट्टिएर बाहिर आएका यात्रु विश्वास के भन्छन् ?

१० महिनामै भित्रियो साढे १३ खर्ब रेमिटेन्स

एशियन कम छनोट : समूह एफको दोश्रो खेलमा नेपालले आज लाओससँग खेल्दै

अमेरिकाले डिपोर्ट गरेका ४८ नेपाली बंगलादेश हुँदै काठमाडौं आउँदै

दाङमा लुम्बिनी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

गाजाको अवस्था नर्कभन्दा पनि खराब : रेडक्रस

अन्तर्राष्ट्रिय झापाली समाजको पाँचौ अधिवेशन झापाको बिर्तामोडमा हुने भएको छ ।

कुवेतबाट निरेम प्रोडक्सनद्वारा धरानका सामाजिक संस्थाहरू र मृगौला पीडितलाई सहयोग

