गायक विशाल पाख्रीनको “लभ्ली माइली” सार्वजनिक
आर डि क्रीएशन/ मे १५ कुवेत। निक्कै लामो समयदेखी कुवेतमा कार्यरत विशाल पाख्रीनले आफ्नो वैदेशिक रोजगारी संगै गीतसंगितलाइ पनि अघि बढाइरहेका छन। गीत संगीतलाइ आफ्नो नजिकको मित्रको रुपमा हेर्ने विशाल यतिबेला गीतसंगितमा नै भविस्य खोजिरहेका छन। भविस्य खोज्दै जाने क्रममा आजै मात्र उनको “लभ्ली माइली” उनको आफ्नै युट्युब च्यानल विशाल मिडियाबाट सार्वजनिक भएको छ।
त्यसो त बिशाल पाख्रीनले यो भन्दा अघि पनि आफ्नो र अरुको शब्द/लयमा झन्डै एक दर्जन गीत गाइसकेका छन। आफ्नो कामलाई बढी प्राथामिकता दिइनुपर्ने भएकोले बचेको समयलाई मात्र गीत संगीतमा खर्चिनु परेकोले लामो समयपश्चात लभ्ली माइली सार्वजनिक गरेको बताउने पाख्रीनले यश गीतबाट पनि विगतका गीतहरुमा जस्तै दर्शक स्रोताको मायाको अपेक्षा गरेका छन।
जिग्मे मिडिया प्रोडक्सनबाट अभि लामको निर्देशनमा विशाल पाख्रीन र चर्चित गायिका पुर्णिामा लामाको मीठो आवाजले सजिएको गीत विशाल मिडिया यु ट्युब च्यानलबाट सार्वजनिक भएको छ। यश गीतको शब्द विशाल पाख्रीन आफैले गरेका छन भने संगीत नेपाली तामाङ सेलो बेसमा दर्शक स्रोताले अत्याधिक मन पराइएका गायक विश्व दोङ्ले गरेका छन। यश गीतलाइ दिपेश प्रधानले मिक्सिङ गरेका छन।
विशाल पाख्रीनको लभ्ली माइलिमा बुगिवुगिबाट खुव चर्चा कमाएका सरोज मोक्तान, चर्चित मोडलद्वय सम्झना लामा र शाना लामाको अभिनय देख्न सकिन्छ भने यश गीतको भिडियोलाइ सुर्य लामाले एडिट गरेका हुन। लभ्ली माइलीको निर्माता विशाल पाख्रीन, माया तामाङ र लक्ष्मण स्याङ्बो हुन।
May 15, 2019 5:38 pm | भिडियो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।