यस्ता संकेत देख्नुभयो भने सम्झनुहोस् अवश्य केही राम्रो हुँदैछ !
– बिहानै उठेर तपाईको पहिलो नजर दुध या दहीले भरिएको भाँडोमा पर्छ भने सम्झनुहोस् केही शुभ हुनेवाला छ ।
– विहानै शंख, मन्दिरको घन्टीको आवाज सुनिनु पनि शुभको संकेत हो ।
– यदि कुनै व्यक्तिलाई विहान उठ्नेवित्तिकै उखुको बोट तथा उखु देखिन्छ भने पनि भिवष्यमा धन सम्बन्धी मामलामा सफलता प्राप्त हुने छ ।
– यदि कुनै व्यक्तिलाई सपनामा पटक–पटक पानी, हरियाली, लक्ष्मीको वाहन उल्लू देखिन्छ भने सम्झनुहोस् कि आउने समयमा तपाईको धनसम्बन्धी सबै समस्या हट्ने छ ।
– यदि तपाई कुनै काम विशेषका लागि बाहिर निस्किनुभयो र बाटामा रातो सारीसहित सोह्र श्रृंगारमा कुनै महिला देखिइन् भने यो पनि महालक्ष्मीको कृपाको इसारा हो । विहान विहानै यस्तो देख्न पाइयो भने त्यो दिन तपाईका लागि महत्वपूर्ण बन्ने छ ।
– नारिवल, शंख, मयूर, हाँस, फूल आदि चीज–वस्तु विहान विहानै देखिन्छन् भने यो पनि शुभ संकेत हो ।
– शास्त्रका अनुसार शुक्रवार महालक्ष्मीको पूजा गर्दा विशेष कृपा प्राप्त हुन्छ । यो दिन यदि कुनै कन्याले तपाईलाई सिक्का दिइन भने पनि यो शुभ संकेत हो ।
– यदि घरबाट निस्कदा बाटोमा गाई देखिन्छ भने पनि यो शुभ संकेत हो । यदि गाई सेतो रंगको छ भने त यो झन धेरै शुभको संकेत हुन्छ ।
– यदि कुनै व्यक्तिलाई सपनामा सेतो तथा सुनजस्तो सर्प देखिन्छ भने पनि यो महालक्ष्मीको कृपा प्राप्त हुने संकेत हो ।
– यदि घरबाट निस्कनेवित्तिकै कुनै सफाईकर्मी (सरसफाई गर्ने व्यक्ति) देखिए भने पनि यो शुभ संकेत हुन्छ ।
May 15, 2019 7:34 pm | टिप्स/जानकारी
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी