विष्णु माझीको स्वरमा “अनुसन्धान” गीत बजारमा (भिडियो सहित)
6 years अगाडी
Nepal Drishti
जेठ २, काठमाडौं : धुन नेपालको प्रस्तुतिमा “अनुसन्धान” बोलको गीत हालै मात्र सार्वजनिक भएको छ । जनता डिजिटल एण्ड फिल्मको ब्यानरमा तयार गरिएको लोकदोहोरी गीत अनुसन्धान बुधबार सार्वजनिक गरिएको हो।
गीतमा गायिका बिष्णु माझी र नवगायक अशोक विकको स्वर रहेको छ । गीतमा शब्द सागर रेग्मीका हुन् भने लय किशोर खत्रीले गरेका छन् ।
निर्देशक डि आर सुजनको निर्देशनमा रहेको गीतमा मोडल किशोर खत्री, आयुष्मा कार्की, लक्ष्मी गिरी, बिबिषा पोखरेल, राजु गैरे, कृष्ण पहाडी, मनिकुमार राई, हुक्का दादा र सुनिता वाईवा लगायत कलाकारहरुको अभिनय छ ।
रेशम दर्लामी र दिपक गिरीले छायांकन गरेको उक्त गीतलाई अमृत चापागाईले सम्पादन गरेका हुन् । सो गीतको म्युजिक भिडियोलाई धुन नेपालले बजार व्यवस्थापन गरेको छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस।
May 16, 2019 5:55 am | भिडियो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
जेनजी आन्दोलनमा भागेका कैदीबन्दीमध्ये झन्डै ५ हजार जना अझै फरार
भारतको दिल्लीमा वायु प्रदूषण हटाउन कृत्रिम वर्षा गराउने तयारी
जेनजीद्वारा माइतीघर मण्डलामा प्रदर्शन
चुनावमा भयरहित ढङ्गले मताधिकार प्रयोग गर्ने वातावरण बनाउन सरकार प्रतिवद्ध : प्रधानमन्त्री कार्की
कुवेतमा युवा शक्तिको अधिवेशन नोभेम्बर १४ मा हुने
क्षेत्राधिकार विस्तार गरी नगर विकास कोषलाई प्रभावकारी बनाइने
तमु (गुरुङ) समाज कुवेतले जनवरी २ मा ल्होछार सांस्कृतिक कार्यक्रम गर्ने
टी–२० वरीयतामा नेपाल एक स्थान माथि उक्लियो
Loading...