चाणक्य भन्छन्- जवान महिलाले कहिल्यै भुल्नुहुँदैन यी ६ कुरा !
कहिलेकाँही हाम्रो जीवनमा यस्तो हुन्छ कि हामी जीवनमा आफ्नो लागि एकदमै खुसी हुन्छौं । खुसीको बेला हामीले धेरै कुरा भुलिरहेका हुन्छौं, जसले जीवनमा दिर्घकालीन असर पुर्याउँछ । चाणक्य नीतिमा यस्ता धेरै जीवनपयोगी सन्दर्भहरु उल्लेख गरिएका छन् । यहाँ भने जवान महिलाले जवानीमा कहिल्यै भुल्न नहुने कुराहरुबारे उल्लेख गरिनेछ ।
१. शिक्षा सबैभन्दा असल मित्र हो । एक शिक्षित व्यक्तिले हरेक स्थानमा सम्मान पाउँछ । शिक्षाले सुन्दरता र यौवनलाई नै परास्त गरिदिन्छ ।
२. आफ्नो रहस्यबारे अरु कसैलाई पनि भन्नु हुँदैन । यस्तो बानीले तपाईलाई बरबार बनाउँछ ।
३. हामीले विगतको बारेमा कहिल्यै पश्चात्ताप गर्नुहुँदैन । त्यसो त भविष्यको बारेमा पनि अनावश्यक चिन्ता लिएर केही हुँदैन । विवेकशील मानिसले हरसमय वर्तमानमा राम्रो गर्नुपर्छ, वर्तमानलाई आफ्नो पकडमा राख्नुपर्छ ।
४. कुनै पनि काम सुरु गर्नुभन्दा अगाडि आफैंलाई तीन वटा प्रश्न गर्नुहोस्- म यो के काम गरिरहेछु वा गर्नेछु, यसको परिणाम के हुन सक्छ र म यसमा सफल हुन्छु कि हुँदिनँ ?
५. एकपटक कुनै काम सुरु गरेपछि मनबाट असफलताको डर निकाल्दिनुहोस् । डरलाई त्याग्नुहोस् किनकी इमान्दारिताका साथ काम गर्ने मानिस सधै खुसी हुन्छ र सफल पनि ।
६. खराब मित्रलाई कहिल्यै विश्वास नगर्नुहोस् । असल साथीलाई आवश्यकताभन्दा बढी विश्वास नगर्नुहोस् किनकी कुनै दिन उनीहरु रिसाएको दिन सबै रहस्य खोलिदिनेछन् ।
May 17, 2019 10:43 am | टिप्स/जानकारी
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो