९ वर्षीया बालिकाले गराइन ओस्कारमा प्रवेश, ६ हप्तामा बनेको थियो फिल्म
एजेन्सी। नौ वर्षीया बालिका कमली मूर्तीमा आधारित भएर निर्माण भएको डकुमेन्ट्रीलाई ओस्कारमा मनोनयन गरिएको छ। यो डकुमेन्ट्रीलाईमा कमली मूर्ती र उनकी आमाको संघर्षलाई देखाइएको छ। २४ मिनेटको यो डकुमेन्ट्रीको निर्माता साशा रेनबोले निर्देशन गरेका छन्। यो डकुमेन्ट्री आगामी वर्ष २०२० ओस्कार अवार्डकालागि मनोनयन गरिएको हो।
डकुमेन्ट्रीमा कमली मूर्तीकी आमा सुगंतीले कसरी आफ्नी छोरीकालागि समाजको रुढीवादी परम्पारलाई तोड्छिन् र आफ्नी छोरीलाई स्केटबोर्ड च्याम्पिन बनाउँछिन् भन्ने देखाइएको छ। यो डकुमेन्ट्री जम्मा ६ हप्तामा शुटिङ गरिएको थियो।
डकुमेन्ट्रीलाई डिसेम्बर २०१८ मा मुम्बई इन्टरनेशनल शर्ट फिल्म फेस्टिभलमा पठाइएको थियो। त्यहाँ उक्त डकुमेन्ट्रीलाई बेस्ड डाइरेक्टर अवार्ड प्राप्त भएको थियो। साथै यसले अटलांटा फिल्म फेस्टिभलमा पनि डकुमेन्ट्री अवार्ड जितेको थियो।
कमली तमिलनाडूको एक सानो माछा समाउने सहर महाबलिपुरमकी एकमात्र फिमेल चाइल्ड स्केटबोर्डर हुन्। कमली पहिलो पटक त्यतिबेला चर्चामा आएकी थिइन् जतिबेला टोनी हकको नजर उनीमाथि परेको थियो। टोनी एक चर्चित स्केटबोर्डर हुन्। टोनी हकले आफ्नो फेसबुक पेजमा कमलीको फोटो शेयर गरेका थिए।
May 17, 2019 11:49 am | मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।