ऐश्वर्या राय नायिका होइन भिलेन
‘रावण, रगासियम, गुरु र इरुवर’ जस्ता फिल्ममा मणिरत्नमको निर्देशनमा काम गरिसकेकी अभिनेत्री ऐश्वर्या राय एकपटक पुनः मणिरत्नमको नयाँ फिल्म ‘पोन्नीनि सेल्वम’ मा देखिनेछिन् ।मणिरत्नमले सधैं ऐश्वर्यालाई आफ्नो फिल्ममा मुख्य भूमिका दिएका छन् तर यसपटक फिल्म ‘पोन्नीनि सेल्वम’ मा ऐश्वर्या भिलनेको भूमिकामा देखिने भएकी छिन् ।
‘पोन्नीनि सेल्वम’ मा ऐश्वर्याको भूमिका नेगेटिभ हुनेछ । यो फिल्म एक पिरिएड ड्रामा हुनेछ जुन १० औं शताब्दीको चोल राजाको कहानीमा आधारित छ । उक्त फिल्ममा राजा चोल विभिन्न कठिनाईका बाबजुद पनि कसरी सम्राज बन्न सफल हुन्छन् भनेर देखाइनेछ । फिल्ममा ऐश्वर्या राय बच्चन पेरिया पझुवेत्तारय्यरकी श्रीमती नन्दिनीको भूमिकामा देखिनेछिन् जसले चोल साम्राज्यका चान्सलर र कोषाध्यक्षको रुपमा काम गरेकी थिइन् ।
नन्दिनी शक्ति केन्द्रीत रहस्यमयी महिला हुन् । नन्दिनी आफ्ना श्रीमानसँग मिलेर राजा चोलको साम्राज्यलाई नष्ट गर्ने योजना बनाउँछिन् । राजा जोलको राज्य नष्ट गरेर उनले बदला लिन्छिन् । फिल्ममा ऐश्वर्याको श्रीमानको भूमिका मोहन बाबूले निभाउनेछन् ।
हुन त ऐश्वर्या राय बच्चनलाई यसअघि पनि फिल्ममा भिलेनको रुपमा देखिएको छ । यसअघि सन् २००५ मा रिलिज भएको फिल्म ‘खाकी’ र सन् २००६ मा आएको ‘धूम टु’ मा उनले भिलेनको भूमिका निभाइसकेकी छिन् । मणिरत्नमको फिल्म ‘इरुवर’ बाटै ऐश्वर्याले आफ्नो फिल्मी करियर सुरुवात गरेकी थिइन् ।
May 17, 2019 2:22 pm | मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो