आलिया भट्ट सगरमाथा आरोही बन्ने
मुम्बइ। बलिउड नायिका आलिया भट्टले अरुणीमा सिन्हाको जीवनीमा आधारित बायोपिकमा मुख्य भूमिका निर्वाह गर्ने भएकी छिन्। सिन्हा सगरमाथा आरोहण गर्ने विश्वकै पहिलो अपाङ्गता भएकी महिला हुन्।
राष्ट्रिय भलिबल खेलाडी रहेकी सिन्हालाई सन् २०११ मा केही व्यक्तिहरूले रेलवे ट्रयाकमा धलेकिदिएपछि उनले आफ्नो खुट्टा गुमाएकी थिइन्। उक्त घटनालाई उनले कमजोरी बन्न दिइनन्। सन् २०१२ मा सिन्हाले सगरमाथाको सफल आरोहण गरेकी थिइन्।
यसअघि फिल्ममा कंगना रनावतले अभिनय गर्ने बताइएको थियो। कंगना र आलियाबीच वाकयुद्ध चलिरहेको बेला आलियाले कंगनालाई रिप्लेस गरेकी हुन्। आलियाले यस फिल्मका लागि स्वीकृति दिइसकेको बुझिएको छ।
सिन्हाको सगरमाथा आरोहणसम्बन्धी लेखिएको ‘बर्न अगेन अन द माउन्टेन: अ स्टोरी अफ लुजिङ एभ्रिथिङ एन्ड फाइन्डिङ इट ब्याक’ नामक किताबमा आधारित भएर फिल्म निर्माण हुनेछ।
आलिया हाल अरू प्रोजेक्टमा काम गरिरहेकीले २०२० मा मात्रै यो फिल्मको सुटिङ सुरु हुन बताइएको छ। यसको निर्माण धर्मा प्रोडक्सन्स र डर मोसन पिक्चर्सले गर्नेछन्। निर्माण टिमले फिल्मको सुटिङ सगरमाथा क्षेत्रकै वास्तविक स्थानहरूमा गर्ने तयारी गरिरहेको छ।
May 18, 2019 5:48 pm | मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।