आलिया भट्ट सगरमाथा आरोही बन्ने
मुम्बइ। बलिउड नायिका आलिया भट्टले अरुणीमा सिन्हाको जीवनीमा आधारित बायोपिकमा मुख्य भूमिका निर्वाह गर्ने भएकी छिन्। सिन्हा सगरमाथा आरोहण गर्ने विश्वकै पहिलो अपाङ्गता भएकी महिला हुन्।
राष्ट्रिय भलिबल खेलाडी रहेकी सिन्हालाई सन् २०११ मा केही व्यक्तिहरूले रेलवे ट्रयाकमा धलेकिदिएपछि उनले आफ्नो खुट्टा गुमाएकी थिइन्। उक्त घटनालाई उनले कमजोरी बन्न दिइनन्। सन् २०१२ मा सिन्हाले सगरमाथाको सफल आरोहण गरेकी थिइन्।
यसअघि फिल्ममा कंगना रनावतले अभिनय गर्ने बताइएको थियो। कंगना र आलियाबीच वाकयुद्ध चलिरहेको बेला आलियाले कंगनालाई रिप्लेस गरेकी हुन्। आलियाले यस फिल्मका लागि स्वीकृति दिइसकेको बुझिएको छ।
सिन्हाको सगरमाथा आरोहणसम्बन्धी लेखिएको ‘बर्न अगेन अन द माउन्टेन: अ स्टोरी अफ लुजिङ एभ्रिथिङ एन्ड फाइन्डिङ इट ब्याक’ नामक किताबमा आधारित भएर फिल्म निर्माण हुनेछ।
आलिया हाल अरू प्रोजेक्टमा काम गरिरहेकीले २०२० मा मात्रै यो फिल्मको सुटिङ सुरु हुन बताइएको छ। यसको निर्माण धर्मा प्रोडक्सन्स र डर मोसन पिक्चर्सले गर्नेछन्। निर्माण टिमले फिल्मको सुटिङ सगरमाथा क्षेत्रकै वास्तविक स्थानहरूमा गर्ने तयारी गरिरहेको छ।
May 18, 2019 5:48 pm | मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार