प्रियंका कार्की बनिन् ‘कान्स फिल्म फेस्टिभल’ मा सहभागी हुने पहिलो नेपाली अभिनेत्री
काठमाण्डाै – विश्वकै ठूलो र चर्चित फिल्म फेस्टिभलको रुपमा चिनिएको ‘कान्स फिल्म फेस्टिभल’ फ्रान्समा आयोजना भैरहेको छ । गएको मंगलबारदेखि सुरु भएको फिल्म फेस्टिभलमा विश्वभरबाट छानिएका उत्कृष्ट कलाकर्मीहरुले सहभागिता जनाइरहेका छन् ।अब नेपालले पनि कान्समा प्रवेश गरेको छ । ‘कान्स फिल्म फेस्टिभल’ मा २०१९ देखि नेपालले पनि सहभागिता जनाउन पाउने भएको छ । नेपालको तर्फबाट अभिनेत्री प्रियंका कार्की कान्सको पहिलो ब्राण्ड एम्बेस्डर बनेकी छिन्
नेपालको तर्फबाट कान्समा सहभागिता जनाउने पहिलो अभिनेत्रीको सूचिमा प्रियंकाको नाम दर्ता भएको छ । कान्सको छनौट समितिले प्रियंकालाई गएकाे अप्रिलमै निम्ता पठाएको बताइएको छ ।अभिनेत्री कार्कीले सामाजिक सञ्जालमार्फत केही दिनअघि मात्रै आफू कान्समा जाने जानकारी दिएकी थिइन् ।
यतिबेला उनका शुभचिन्तक र आफन्तले उनलाई बधाई तथा शुभकामना दिइरहेका छन् । प्रियंकाले २० मे अर्थात सोमबार रेड कार्पेटमा आफ्नो जादू देखाउने छिन् । कान्समा सहभागी हुन प्रियंका फ्रान्स प्रस्थान गरिसकेकी छिन् । कान्समा बलिउडबाट अभिनेत्री दीपिका पादुकोण, प्रियंका चोपडा, कंगना रनावत, ऐश्वर्या रायलगायतका अभिनेत्रीहरु सहभागी हुँदै आइरहेका छन् ।
May 20, 2019 12:28 pm | मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो