काठमाण्डाैमा ‘नेहा कक्कड लाइभ’ कन्सर्ट
बलिउडकी चर्चित गायिका नेहा कक्कड आफ्नो सांगीतिक प्रस्तुतिका लागि पहिलो पटक काठमाण्डौ आउने भएकी छिन् । आउँदाे जेठ २५ गते शनिबार आयोजना हुने ‘नेहा कक्कड लाइभ’ मा नेहाले आफ्ना लोकप्रिय गीत-संगीत प्रस्तुत गर्दैछिन् । पारामाउन्ट इन्टरटेन्मेन्टले नेहालाई ठमेलमा रहेको २५ सय दर्शक क्षमताको लर्ड अफ् ड्रिङ्क्स (एलओडी) मा प्रस्तुत गर्न लागेको हो ।
आयोजकले जारी गरेको विज्ञप्तिका अनुसार, ‘नेहा कक्कड लाइभ’ कार्यक्रम जेठ २५ गते शनिबार राति ८ बजेपछि प्रारम्भ हुनेछ । कन्सर्टमा सहभागिता जनाउन गायिका कक्कड जेठ २४ गते शुक्रबार नै आफ्ना ब्याण्डका संगीतकर्मीसहित काठमाण्डौ आउनेछिन् ।आयोजक संस्थाका सञ्चालक जनार्दन ढुंगेलका अनुसार,कन्सर्टमा नेहाको ब्याण्डका संगीतकर्मी तथा यो सिजनको इण्डियन आइडलका टप टेन प्रतिस्पर्धीसहित १८ जना संगीतकर्मीहरुको समूहले आफ्नो सानदार प्रस्तुति दिनेछन् ।
ढुंगेलका अनुसार, नेहा कक्कड लाइभमा नेपाली गायक-गायिकाहरुको पनि सहभागिता रहनेछ ।कन्सर्टका आयोजक दीपक घिमिरेका अनुसार कार्यक्रमका लागि अग्रिम बुकिङ प्रारम्भ भैसकेको छ । यसअघि दीपक घिमिरेले बलिउडका लोकप्रिय गायक कुमार सानुलाई नेपाल ल्याएर भव्य सांगीतिक कार्यक्रममार्फत प्रस्तुत गरिसकेका छन् ।
यस्ताे नेहाकाे सांगीतिक यात्रा ? : इण्डियन आइडल सिजन-२ बाट प्रतिस्पर्धीको रुपमा सांगीतिक यात्रा सुरु गरेकी नेहाले इण्डियन आइडल सिजन-१० मा निर्णायकको रुपमा समेत भूमिका निभाइसकेकी छिन् । त्यसबाहेक उनले सारेगमप सहित विभिन्न सांगीतिक रियालिटी शोहरुमा निर्णायकको भूमिका नभाइसकेकी छिन् ।
सन् २००८ मै पहिलो एल्बम ‘रक स्टार’ सार्वजनिक गरेकी नेहाले हालसम्म दर्जनौं लोकप्रिय गीतहरु गाइसकेकी छिन् । उनका लोकप्रिय गीतहरुमा ‘इस्मे तेरा घाटा’, ‘मिले हो तुम हमको’, ‘काला चस्मा’, ‘आँख मारे’, ‘कोकाकोला’, ‘नैना’, ‘गल्ली गल्ली’, ‘दिलवर दिलवर’, ‘सावान आया है’, ‘धदिङ नाच’, ‘लण्डन थुमक्डा’, ‘दो पेग मार’, ‘मैं तेरा ब्वाइफ्रेण्ड’ आदि छन् ।
May 22, 2019 10:13 am | मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो