डण्डीफोर हटाउने आयुर्वेदिक तरीका, घरभित्रकै औषधि छ काफी !
डण्डीफोरले यूवाअबस्थामा धेरैलाई सताउने गर्छ । अधिकाँस यूवायूवतीहरुको अनुहारमा एक समयमा डण्डीफोर आउने गर्छ । जथाभाबी चलाउने र ध्यान नदिने हो भने डण्डीफोरले कुरुप नै बनाउने खतरा समेत हुन्छ । यसरी डण्डीफोर आउदाँ धेरैले विभिन्न उपचार पनि गरिरहदाँ फाइदा भने नभएको हुन सक्छ । प्रायः जसो १४ देखि ३० वर्ष उमेरसम्मका लागि धेरै नै सताउने यो समस्या समाधान गर्न आयूर्वेदीक पद्धती समेत रहेको छ । आयुर्वेदले डण्डीफोरलाई यौवन पिडक नाम दिएको छ । छालामा असर गर्ने डण्डीफोरकोालागि आयुर्वेदले छालाको लागि महत्वपूर्ण जडिबुटिहरुमा प्रयोग गर्न सल्लाह दिन्छ । घिउकुमारी, अर्जुन, बदाम, मञ्जिष्ठा, चन्दन, बेसार, गुलाब, निम आदिको प्रयोग गरे डण्डीफोरबाट छुटकारा पाउने आयुर्वेदका ज्ञाताहरुको भनाई छ ।
यसैगरी लाभदायी आहार, समय तालिका अनुसार मात्रा मिलाएर र राम्रोसंग चपाएर खानेलाई यस्तो समस्या कम हुने आयुर्वेदमा उल्लखे छ । जसकालागि अघिल्लो पटक खाएको खाना पचिसकेपछि अर्काे पटक खान समेत आयुर्वेदका ज्ञाताहरुले सुझाब दिए । विषेशगरि यूवतीहरुमा यस्तो समस्या देखिन्छ जसले ज्यादा मलासादार, चिल्लो, अमिलो खाने गरेका छन । त्यसैले पनि यस्ता चिज नखाने ,ताजा साग सव्जी र रेसादार तरकारी खाने गर्दा समेत डण्डीफोरबाट बच्न सकिन्छ । डण्डीफोर हटाउन चाहानुहुन्छ भने प्रशस्त मात्रामा पानी, जुस पिउने गर्नुहोस्। भिटामिन इ र ए ज्यादा भएका खाना जस्तै फर्सी, मेवा, गाँजर, काँक्रो खाने र चुरोट, रक्सी, सूर्ती, चिया, कफी, नखान सल्लाह छ ।
पटक पटक सफा पानीले अनुहार धुने, ताजा मेथीको पातलाई पानी मिसाई पेष्ट बनाई राती प्रयोग गर्ने गर्दा समेत राहत हुन्छ ।
यसैगरी कागती रस र दूधलाई उमालेर मुख धुने, दालचिनीको पाउडरलाई महसँग मिसाई लेप लगाउने, घिउकुमारी चोप सिधै अनुहारमा लगाउने, चन्दन र बेसारलाई लेप बनाई लगाउने गर्दा समेत डण्डीफोरबाट मुक्ति पाइन्छ । कतिपयको बानी डण्डीफोरलाई खेलाइरहने, निचोर्ने हुन्छ । यो गतल हो । यसले अनुहारलाई कुरुप बनाउन सक्छ । चिकित्सकको सल्लाह अनुसार हर्बल सामाग्री प्रयोग गर्ने र ज्यादा बाहिर घाममा नहिँड्ने गरेर यसरी घरेलु उपचारबाट पनि डण्डीफोरको उपचार सम्भव भएन भने आयुर्वेद चिकित्सकसँग परीक्षण गराएर औषधि सेवन तथा वाह्य प्रयोग गर्नुपर्दछ ।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो