विवाहको प्रश्नमा बोले सलमान खान ‘२३ मे (आज) बताउनेछु आफ्नो विवाहको मिति’
५३ वर्षका सलमान खान अहिले पनि अविवाहित छन् । उनले विवाहबारे पटकपटक आफ्नो धारणा व्यक्त गर्ने गर्छन् । हालै मुम्बई मिररसँगको एक अन्तरवार्तामा सलमानले ठट्यौली पारामा पुनः विवाहको कुरा गरेका छन् ।वास्तवमा सलमानलाई जब उनको विवाहको योजनाबारे प्रश्न सोधियो तब उनले विवाहको मिति २३ मेमा घोषणा गर्नुपर्ने बताएका थिए । सलमान त्यसपछि आफ्नै ठट्टामा हाँस्न थाले । स्मरण रहोस्, २३ मे अर्थात् आज लोकसभाको चुनावको नतिजा आउँदैछ ।
यस्तै, केही दिनअघि सलमानले आफू पिता बन्ने विषयमा धारणा राखेका थिए । उनले भनेका थिए, ‘मलाई बच्चा चाहिन्छ तर बच्चासँग आमा पनि आउँछन् । मलाई आमा चाहिँदैन तर बच्चालाई आमा चाहिन्छ । तर मसँग धेरै मानिसहरु छन् जसले उनको हेरविचार गर्न सक्छन् ।’यसै अन्तरवार्तामा सलमानले विवाहबारे कुनै सोच नभएको स्पष्ट पारेका छन् । यद्यपी, उनी सरोगेसीमार्फत् बच्चा चाहन्छन् ।
May 23, 2019 11:49 am | मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार