विवाहको प्रश्नमा बोले सलमान खान ‘२३ मे (आज) बताउनेछु आफ्नो विवाहको मिति’
५३ वर्षका सलमान खान अहिले पनि अविवाहित छन् । उनले विवाहबारे पटकपटक आफ्नो धारणा व्यक्त गर्ने गर्छन् । हालै मुम्बई मिररसँगको एक अन्तरवार्तामा सलमानले ठट्यौली पारामा पुनः विवाहको कुरा गरेका छन् ।वास्तवमा सलमानलाई जब उनको विवाहको योजनाबारे प्रश्न सोधियो तब उनले विवाहको मिति २३ मेमा घोषणा गर्नुपर्ने बताएका थिए । सलमान त्यसपछि आफ्नै ठट्टामा हाँस्न थाले । स्मरण रहोस्, २३ मे अर्थात् आज लोकसभाको चुनावको नतिजा आउँदैछ ।
यस्तै, केही दिनअघि सलमानले आफू पिता बन्ने विषयमा धारणा राखेका थिए । उनले भनेका थिए, ‘मलाई बच्चा चाहिन्छ तर बच्चासँग आमा पनि आउँछन् । मलाई आमा चाहिँदैन तर बच्चालाई आमा चाहिन्छ । तर मसँग धेरै मानिसहरु छन् जसले उनको हेरविचार गर्न सक्छन् ।’यसै अन्तरवार्तामा सलमानले विवाहबारे कुनै सोच नभएको स्पष्ट पारेका छन् । यद्यपी, उनी सरोगेसीमार्फत् बच्चा चाहन्छन् ।
May 23, 2019 11:49 am | मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।