Tuesday 23rd December 2025

काकाले गरे दुई वर्षीय आयुशको हत्या !

7 years अगाडी

मलेख – धादिङ बेनीघाट रोराङ गाउँपालिका–३ रिचोकटारमा आइतबार बेलुका एक बालकको हत्या भएको छ ।

घरमा खेलिररहेका दुई वर्षीय आयुश सार्कीलाई निजकै काका सीताराम सार्कीले खुर्पाले हानेर हत्या गरेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सञ्जय तिमल्सिनाले बताए ।

हत्यापछि फरार भएका अभियुक्तको खोजी भइरहेको र प्रहरीको व्यापक परिचालन गरिएको प्रहरीले जनाएको छ । हत्याको कारण भने खुलेको छैन ।

          July 2, 2018 11:52 am | समाज


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...