दुबईमा २० हजार फिट माथिबाट कुदिन् यी नायिका (तस्बिर सहित)
बलिउड अभिनेत्री उर्वशी रौतेलाले २० हजार फिटमाथि बाट कुदेपछि सामाजिक सञ्जालमा हट केक बनेकी छिन् । सामाजिक सञ्जालमा उनका तस्वीरहरु भाइरल भइरहेका छन् । जुन तस्वीर देखेर उनका फ्यानको होस उडेको छ उर्वशी सामाजिक सञ्जालमा पनि उत्तिकै अपडेट हुने नायिकामा पर्छिन् । इन्स्टाग्राममा उर्वशीले आफ्ना फ्यानका लागि तस्वीर शेयर गरेकी हुन्छिन् । हालै उनले इन्स्टाग्राममा केही यस्ता तस्वीर शेयर गरेकी छिन्, जुन देखेर फ्यान रमाएका छन् ।
उनले स्काइड्राइभिङ गरेका तस्वीर शेयर गरेकी हुन् । हट देखिएकी उनले इन्स्टाग्राममा तस्वीर शेयर गर्दै भनेकी छिन् कि, मैले २० हजार फिटमाथि बाट हाम फालेँ ।यतिबेला बिदा मनाइरहेकी उर्वशीले स्काइ ड्राइभिङको अनुभव लिइन् । जसका तस्वीर उनले शेयर गरिन् । तस्वीर शेयर गर्दै उनले खुशीको अर्को एउटा वर्ष भनेर शेयर गरेकी थिइन् । आफ्नो बोल्डनेसका कारण चर्चामा रहने यी नायिका जोन अब्राहमसँग फिल्म ‘पागलपन्ती’ मा देखिएकी थिइन् ।



प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार