जात्रै जात्राको कलाकारसहितको टोली विराटनगरमा
माेरङ – नेपाली चलचित्र जात्रै जात्राको कलाकारसहितको टिम विराटनगर आइपुगेको छ ।गएकाे शुक्रबारदेखि देशभर प्रदर्शन भइरहेको जात्रैजात्रालाई दर्शकले अत्यधिक मन पराएको निर्देशकको दावी छ । विराटनगरमा रहेकाे सेन्ट्रल मलमा कलाकारहरुले पत्रकारसँग अन्तरक्रियासमेत गरेका छन् । पत्रकारसँगको अन्तरक्रियामा निर्देशक प्रदीप भट्टराईले दर्शकहरुले अत्यधिक रुचाएको बताउनुभयो ।
उहाँले हालसम्म जात्रैजात्राले ४ करोडभन्दा बढीको व्यापार गरेको दावी पनि गर्नुभयो । पूर्वका दर्शकसँग प्रत्यक्ष साक्षात्कार गर्न निस्केको कलाकारहरुको टोली दमक, इटहरी, धरान हुँदै विराटनगर आइपुगेको हो । भ्रमणका क्रममा दर्शकहरुबाट प्राप्त प्रतिक्रियाबाट आफूहरु उत्साहित भएको निर्माता रविन्द्रसिंह बानियाँले बताउनुभयो ।
टोलीमा निर्देशक भट्टराईसहित निर्माता रविन्द्र सिंह बानियाँ, कलाकार विपिन कार्की, वर्षा राउतलगायत सहभागी हुनुहुन्छ । ‘जात्रै जात्रा’ मा विपिन र वर्षाका साथै दयाहाङ राई, रविन्द्र झा, रविन्द्र सिंह बानियाँ, राजाराम पौडेललगायतका कलाकारहरुले अभिनय गरेका छन् ।
May 24, 2019 10:43 am | मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।