

काजल अग्रवालको खुलासा, ‘इन्डियन-२’को च्याप्टर बन्द भएको छैन

काजल अग्रवाल, दक्षिण भारतिय फिल्मकी चर्चित अभिनेत्री । बाहुबली फेम निर्देशक एसएस राजमौलीको फिल्म ‘मगधीरा’बाट चम्किएकी काजल बलिउडमा पनि छाएकी छिन् । उनले सन् २००४ मा ‘क्यूँ हो गया ना’बाट बलिउड डेब्यु गरेकी थिइन्, जसको मूख्य चरित्र विवेक ओबराय र ऐश्वर्य रायले निर्वाह गरेका थिए । पछि उनले ‘सिंघम’मा अभिनय गरिन्, अजय देवगनको को-स्टारको रुपमा ।
उनै काजल अग्रवाल अभिनित फिल्म ‘सीता’ यतिबेला प्रदर्शनको तयारीमा छ । तर, यसपाली उनको चर्चा चाहि अर्को फिल्म ‘इन्डियन-२’को कारण भएको हो । कमल हासनको उक्त फिल्ममा काजल नै मूख्य भूमिकामा थिइन् । तर, उक्त फिल्म लफडामा परेको थियो । निर्माता र निर्देशकबीचको झगडाले उग्र रुप लिएपछि छायांकन हुँदाहुँदैको फिल्म लफडामा परेको हो । त्यसपछि उक्त फिल्म नै नबन्ने हल्ला थियो ।
यसैबीच काजलले खुलासा गरेकी छिन् कि, उक्त फिल्म नबन्ने भन्ने जुन हल्ला छ, त्यो मनगढन्ते हो । अर्थात फिल्म बन्नेछ । र, बन्दैछ । यसका लागि छायांकनको तयारी भइरहेको छ । काजलको अनुसार जुन १ बाट फिल्मको छायांकन हुँदैछ । कमल हासनसँग फिल्म खेल्ने कुराले आफु उत्साहित भएको पनि उनले बताएकी छिन् ।पछिल्लो समय उक्त फिल्म किन नबन्ने भयो भनेर विभिन्न अड्कलबाजी गरिदै आएको थियो । एउटा कारण के पनि थियो भने, फिल्मका निर्देशक कमल हासनको लुक र मेकअपबाट खुसी थिएनन् । यही कारण उनीहरुवीच लफडा भएको थियो । अर्को कारण चाहि निर्माता र निर्देशकबीच फिल्मको बजेटलाई लिएर झगडा भएको थियो ।
यस फिल्मका निर्देशक एश शंकर हुन् भने निर्माता लायका प्रोडक्सन । भनिहालौ लायका र शंकरले फिल्म ‘रोबोट २.०’ का लागि हातेमालो गरेका थिए । तर, उक्त फिल्ममा पनि अनुमान गरेभन्दा बढी बजेट लागेको थिगयो । लायका दोस्रो फिल्म अर्थात इन्डियन-२ मा पनि यस्तो लफडाबाजीमा पर्न चाहँदैनन् । जबकी निर्देशक एस शंकर भने बढी खर्च गर्न चाहन्थे । यही कारण फिल्म छायांकन रोकिएको थियो ।
तर, काजलको पछिल्लो भनाईले निर्देशक र निर्माताबीचको तुष मेटिएको संकेत मिल्छ । काजलको अनुसार फिल्म बिग बजेटकै हो, जो निर्माताले चाहेका थिए । एस शंकरको यो फिल्ममा कमल हासनको मूख्य भूमिका छ । उनी भ्रष्ट प्रणालीको विरुद्ध उभिएका छन् । भ्रष्टचार गर्नेको विरुद्ध उनी जुनसुकै हदसम्म पुग्न सक्छन् । इन्डियन-२को कथा यस्तै छ ।यसमा कमल हासनसँगै मनिषा कोइराला र उर्मिला मातोंडकर पनि देखिनेछन् भन्ने चर्चा थियो । तर, अहिले काजल र शिद्धार्थले उनीहरुलाई विस्थापित गरिदिएका छन् ।
May 28, 2019 11:10 am | मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

दाङको देउखुरीमा टिप्परको ठक्कर बाट मोटर साइकालमा स्वारी दुई जाना मध्य एक जनाको मिर्त्यु

एकदिवसीय शृङ्खलाको पहिलो खेलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई हरायो

नेपाल कुवेत संस्कृतिक मन्चले आयोजना गरेको हरितालिका तिज बिशेष सांगितिक धमका २०२५

इजरायली राष्ट्रपतिसँग विपिनकी आमा र बहिनीको भेट

किरात राई यायोक्खा कुवेतको चौथो अधिवेशन १२ सेप्टेम्बरमा केन्द्रिय अध्यक्ष जीवन हाताचो राई कुबेत आउँदै

संखुवासभा समाज कुवेतको प्रथम वार्षिक उत्सव सम्पन्न

टप एन्ड टी–२० शृङ्खलामा नेपालले आज नर्दन टेरिटोरीसँग खेल्ने

नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका ९४ वटा घटना, एक जना पत्रकारको हत्या

