कपिलदेखि प्रियंकासम्म भन्दै छन् बच्चाको अभिभावक
मुम्बई। ‘इस प्यार को क्या नाम दूँ’ सीरियलबाट चर्चामा आएका अभिनेता बरुण सोबतीले केही दिन अगाडि आफ्ना फ्यानलाई खुशीको खबर सुनाए। बरुण र उनकी पत्नी पशमीन मनचन्दा विवाह गरेको आठ वर्षपछि आमा–बुवा बन्दैछन्।
‘ये रिश्ता क्या कहलाता है’ मा आफ्नो भूमिकाकालागि चर्चित अभिनेत्री प्रियंका छिब्बरले २०१२ मा बलिउड अभिनेता विकास कलंत्रीसँग विवाह गरेकी थिइन्। विवाह गरेको ६ वर्षपछि उनीहरुको घरमा नयाँ सदस्यको आगमन हुँदैछ। उनीहरु चाँडै आमा– बुवा बन्दैछन्।
पूजा शर्मा जसलाई अन्तिम पटक सीरियल ‘दीया और बाती’ मा देखिएको थियो। उनले २२ फेब्रअरी २०१६ मा टेलिभिजन शो ‘तू मेरा हिरो’ का निर्देशक पुष्कर पण्डितसँग विवाह गरेकी थिइन्। उनले २०१७ मा पहिलो पटक छोरी वियानालाई जन्म दिएकी थिइन्। अब उनी दोस्रो बच्चाकी आमा बन्दैछिन्। अहिले उनी गर्भवती भएको भारतीय संचारमाध्यमले जनाएका छन्।
टिभी अभिनेत्री नेहा कल जो अन्तिम पटक सीरियल ‘बहु हमारी रजनीकान्त’ मा देखिएको थियो। उनी पनि बच्चाकी आमा बन्दैछिन्। उनले व्यापारी लिजली सिंहसँग विवाह गरेकी थिइन्। अभिनेता जय भानुशाली र पत्नी माही विज जो २०१० मा विवाह बन्धनमा बाँधिएका थिए। उनीहरुले यो वर्ष आफ्नो घरमा नयाँ सदस्यको स्वागत गर्ने भएका छन्।
चर्चित कमेडियन कपिल शर्मा पनि चाँडै बुवा बन्दैछन्। भारतीय संचारमाध्यमका अनुसार कपिलकी पत्नी गिन्नी चतरथ गर्भवती भएकी छन्। यद्यपी यो खबरको कपिल र गिन्नीले अझै पुष्टि गरेका छैनन्। कपिलले गत वर्ष डिसेम्बरमा गिन्नीसँग विवाह गरेका थिए।
May 30, 2019 12:13 pm | मनोरञ्जन
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो